News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लामा आइतबारदेखि मौसममा सुधार आएको छ र हिमालहरू खुलेका छन्।
- हुम्ला सदरमुकाम सिमकोट नजिकै ठिंग्ग उभिएका हिमालहरू चाँदीझैं टलल टल्किएका छन्।
- हिमपात र वर्षाले कृषकहरूलाई खुसी दिएका छन् र किसानहरूले खेतबारीमा कात्तिके बाली लगाउन व्यस्त छन्।
७ चैत, हुम्ला । हुम्लामा आइतबारदेखि मौसममा सुधार आएको छ ।
मौसममा क्रमशः सुधार आएपछि यस आसपासका हिमालहरू पनि खुलेको देख्न सकिन्छ ।
मौसम खुलेसँगै यतिखेर हुम्ला सदरमुकाम सिमकोट नजिकै ठिंग्ग उभिएका हिमालहरू चाँदीझैं टलल टल्किएको देख्न सकिन्छ ।
निलाे आकाश, सेताम्य हिमालका कारण अहिले यहाँका नागरिकहरूको मनलाई यो मौसमले निकै फुरूङ बनाएकाे छ।
हिमपात र वर्षाले हुम्ली कृषकहरूकाे मुहारमा खुसी पनि छाएकाे छ ।
चैत महिनामा खेतबारीमा कात्तिके बाली लगाउने चटारो यहाँका नागरिकहरूमा छ । किसानहरूले यतिखेर खेतबारीमा काेदाे छर्न व्यस्त छन् ।


१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4