+
+
Shares

निङ र टाक्ची खोलामा कल्भर्ट : हुम्लाको लिमी उपत्यकामा यात्रा सहज

लिमेली जनताका ती दु:खका दिन अब भने सकिएका छन् । भर्खरै निङ खोला र टाक्ची खोलामा कल्भर्ट बनेको छ ।

नरजन तामाङ नरजन तामाङ
२०८२ चैत ५ गते १५:५८

५ चैत, हुम्ला । हिमालको हिउँ पग्लिँदै बग्छ- हुम्लाको निङ खोला । यही खोला तरेपछि मात्रै पुगिन्छ, उत्तरी हुम्लाको लिमी उपत्यका । लिमी, लाप्चा, तिल, जाङ, हल्जी गाउँ पुग्न निङ खोला तर्नैपर्छ ।

तर, निङ खोलामा पुल नहुँदा त्यहाँ यात्रा गर्ने नागरिकले सास्ती भोग्नुपर्थ्यो । सडक बनेपछि खोलामै पसेर गाडी तर्न निकै कठिन थियो । पानीले बाटो सधैँ खराब पारिरहन्थ्यो । खोलामा पानीको बहाव बढे आवत-जावत नै ठप्प हुनेगरेको नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङ सुनाउँछन् ।

लिमेली जनताका ती दु:खका दिन अब भने सकिएका छन् । भर्खरै निङ खोला र टाक्ची खोलामा कल्भर्ट बनेको छ । ह्युमपाइप राखेर कल्भर्ट बनेपछि अहिले खोला तर्न गाडी खोलामै पस्नुपर्दैन ।

‘कल्भर्ट बनेपछि कम्तीमा खोलाकै कारणले अब दु:ख छैन । पैदल हिँड्दा पनि खोला तर्न पनि सहज भएको छ,’ वडाध्यक्ष तामाङले भने ।

निङ खोलामा कल्भर्ट बनाउन ५ वटा र टाक्ची खोलामा ३ वटा ह्युमपाइप राखिएका छन् । ‘बढी दु:ख निङ खोला दिन्थ्यो । त्यही गाडी सबैभन्दा बढी फस्थ्या,’ उनले भने, ‘अहिले त सर्र गाडी कुद्छ ।’

दुई खोलामा कल्भर्ट राख्न ४० लाख लागेको छ । जसमा १५ लाख नाम्खा गाउँपालिकाको र २५ लाख कर्णाली प्रदेश सरकारको पूर्वधार विकास कार्यालयको लगानी छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?