 
																			बार्सिलोना । राजेश सुवेदीद्वारा लिखित नेपाली उपन्यास ‘अभिसार’ को लोकार्पण दक्षिण कोरियामा सम्पन्न भएको छ। इन्डिगो इन्क प्रकाशनबाट प्रकाशित यो कृति लेखक सुवेदीको पहिलो उपन्यास हो ।
उपन्यासको लोकार्पण कोरियाको सुवन सहरमा, आइतबार एक भव्य कार्यक्रमका बीच सम्पन्न भयो । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टर र नेपाल मुक्तक प्रतिष्ठान कोरियाको संयुक्त आयोजनामा लेखक, साहित्यकार तथा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।
‘अभिसार’ भरतमुनिको नाट्यशास्त्रमा उल्लिखित सप्तनायिकामध्ये एक, सुन्दर अभिसारिका पात्रबाट प्रेरित छ, जसले आफ्नो प्रेमीलाई भेट्न गरेको कठिन र जोखिमपूर्ण यात्रालाई चित्रण गर्छ । उपन्यास प्रेम, प्रतीक्षा, आँट र बलिदानका गहिरा आयाम समेटिएको भावनात्मक आख्यान हो ।
लेखक सुवेदीले अंग्रेजी साहित्यमा स्नातकोत्तर अध्ययन गरेका छन् । उनी लामो समयदेखि आख्यान, निबन्ध तथा लेखनमा सक्रिय रहँदै आएका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘उपन्यासको कभर चित्रमा खुलेको कपालसहित शृङ्गारिक मुद्रामा हात फैलाएकी नायिका छन्, जसले स्वतन्त्रता, प्रेम र यात्राको भाव व्यक्त गर्छ।निलो पृष्ठभूमिमा उडिरहेका चराहरूले अझै गहिरो प्रतीकात्मकता थपेका छन्।’
कार्यक्रममा प्रमुख अतिथि आनेसास कोरियाका संरक्षक तथा एसिया महासचिव ह्यारी बोन्ड थिए।त्यस्तै, साहित्यकार आरएन अधिकारी ले उपन्यासको संरचना, भाषा, समाजशास्त्र, मनोविज्ञान र दर्शनको पक्षमा गहिरो समीक्षा प्रस्तुत गरे ।
कार्यक्रममा बोल्दै लेखक सुवेदीले लेखनको सुरुवाती यात्रा स्मरण गर्दै भने,‘मुख्य पात्रसँगको लैङ्गिक भिन्नता र त्यो उमेर समूहका युवतीहरूको मनोविज्ञानको अभावपूर्ण समझका कारण सुरुमा लेख्न गाह्रो भएको थियो।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4