+
+
Shares

इनासको दशौं युरोपस्तरीय कार्यक्रम डेनमार्कमा हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १७ गते १३:५८

बार्सिलोना । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को दशौँ युरोपस्तरीय कार्यक्रम डेनमार्कको कोपनहेगनमा हुने भएको छ। दुई दिनसम्म चल्ने कार्यक्रम आगामी मे १६ र १७ तारिख कोपनहेगनमा हुने भएको हो।दशौं युरोपस्तरीय एकल नृत्य प्रतियोगिता र सातौँ एकल गायन प्रतियोगिताका लागि युरोपका विभिन्न मुलुकबाट कलाकारहरुको सहभागिता रहने भएको हो।

बेलायत, फ्रान्स, बेल्जियम, अस्ट्रिया, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, इटाली, पोल्याण्ड, स्पेन, पोर्चुगल, माल्टा, फिनल्याण्ड, स्विट्जरल्याण्ड, चेक गणतन्त्र, नर्वे, आइसल्याण्ड, रोमानिया, क्रोएशिया लगायतका मुलुकहरुबाट प्रतियोगीहरुले भाग लिने  आयोजकले जनाएको छ।

इनास युरोप संयोजक प्रकाश तिवारीका अनुसार नृत्य र गायन प्रतियोगितामा भाग लिन चाहने कलाकारहरुले प्रारम्भिक  अडिशन दिनुपर्ने छ। कलाकारहरुलाई आफू बस्ने देशमा रहेको इनासको कार्यसमिति वा त्यो नभए इनास युरोपलाई सम्पर्क गरेर अडिशनको प्रक्रिया पूरा गर्न तिवारीले अनुरोध गरेका छन्।

कार्यक्रममा कलाकार, साहित्यकार, पत्रकार, युरोपस्थित नेपाली कुटनीतिक नियोगका प्रतिनिधि लगायतको बाक्लो उपस्थिती रहने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?