+
+
Shares

इनासको युरोप क्षेत्रीय सम्मेलन बेल्जियममा हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको एघारौं युरोप महादेशस्तरीय क्षेत्रीय कार्यक्रम २४ र २५ अप्रिलमा आयोजना हुने भएको छ।
  • पहिलो दिन क्षेत्रीय सम्मेलनमा युरोपका राष्ट्रिय समितिले प्रतिवेदन प्रस्तुत गर्ने र दोस्रो दिन नृत्य र गायन प्रतियोगिता हुने छ।
  • प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयले क्रमशः आठ सय, पाँच सय र तीन सय युरो नगद, ट्रफी र प्रमाण–पत्र पाउनेछन्।

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप महादेशस्तरीय क्षेत्रीय कार्यक्रम २४ र २५ अप्रिलमा आयोजना हुने भएको छ ।

दुई दिने कार्यक्रममा पहिलो दिन क्षेत्रीय सम्मेलन गरिने छ । दोस्रो दिन युरोपस्तरीय नृत्य र गायन प्रतियोगिता हुने इनास युरोप क्षेत्रीय समन्वय समितिका संयोजक सुनिल गुरुङ र क्षेत्रीय संयोजक श्याम श्रेष्ठले जानकारी दिए ।

पहिलो दिन युरोपका राष्ट्रिय समितिले एकवर्षसम्म गरेका काम-कार्यवाही र आउँदो वर्षका लागि तय गरिएका कार्ययोजना समेटेर प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसमाथि छलफल गरेर कार्यपत्र तयार हुनेछ ।

दोस्रो दिन महादेशस्तरीय एकल नृत्य र गायन प्रतियोगिता आयोजन हुने जनाइएको छ । कार्यक्रममा युरोपस्थित नेपाली राजदूत, कूटनीतिज्ञ, विभिन्न संघ-संस्थाका प्रतिनिधि, युरोपभित्र र अन्य महादेशमा रहेका इनास राष्ट्रिय समितिका पदाधिकारी, पत्रकार, कलाकार र नेपाली भाषा, कला र संस्कृतिप्रेमी सहभागी हुने युरोप सहसंयोजक बिनिता रिमालले बताइन ।

ग्लोबल समितिको निर्देशनअनुसार युरोप क्षेत्रीय संयोजन समिति र क्षेत्रीय समितिसहित आयोजक राष्ट्रका हैसियतले सम्पूर्ण टिम लागिपरेको जानकारी गराउँदै उनले विश्वस्तरमा ठूलो चासोको रुपमा हेरिने यस कार्यक्रमलाई युरोपस्थित सबै राष्ट्रिय समिति र विभिन्न सघसंस्थाको सहयोग र सहकार्यमा सफलातापूर्वक सम्पन्न गर्ने अठोट व्यक्त गरिन् ।

महादेशस्तरीय नृत्य र गायन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः आठ सय, पाँच सय र तीन सय युरो नगद, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछन । दुवै विधाका एक-एक जना प्रतियोगीलाई विशेष पुरस्कार स्वरुप एकसय पचास यूरो नगद, विशेष ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

फिल्म, म्युजिक भिडियोमा अभिनय गर्ने तथा विभिन्न कार्यक्रममा प्रस्तुति दिने अवसर समेत पाउने बेल्जियममै बस्दै आएका इनासका ग्लोबल अध्यक्ष अर्जून काफ्लेले बताए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने विजेताले युरोप महादेशका लागि इनासको अवैतनिक सांस्कृतिक दूतको रुपमा समेत काम गर्ने अवसर पाउनेछन ।

हरेक वर्ष विभिन्न युरोपेली देशमा हुने इनासको क्षेत्रीय कार्यक्रम गत वर्ष डेनमार्कमा भएको थियो । त्यसबेला ग्लोबल समितिले यस वर्ष आयोजना गर्ने जिम्मा बेल्जियम राष्ट्रिय समितिलाई दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?