+
+

बाढी पीडित सहयोगार्थ टेक्सासमा मम महोत्सव हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १२ गते ११:४३

१२ कात्तिक, टेक्सास । अमेरिकाको टेक्सास राज्यको अर्भिङमा आउँदो सप्ताहान्त दशैं र तिहारको उपलक्ष्यमा मम महोत्सव हुने भएको छ ।

महोत्सय नेपालका बाढी तथा पहिरो पीडितको सहयोगार्थ हुने आयोजक मम टु गोले जनाएको छ । महोत्सवमा कम्तीमा ५० स्टलहरु रहने आयोजक मम टु गोका कार्यक्रम संयोजक दिपक गिरीले बताएका छन् ।

उक्त अवसरमा नेपाली कलाकारहरु प्रमोद खरेल, अञ्जु पन्त, १९७४ एडी ब्याण्डका फिरोज स्याङ्देन लगायतका प्रस्तुति पनि रहनेछन् । सो अवसरमा बिबिसीद्धारा छनौट भएका मास्टर सेफ सन्तोष शाहपनि सहभागी हुनेछन् ।

कार्यक्रमस्थलमा मम खाने प्रतियोगिता, घोडचढी लगायतका खेल पनि हुने बताइएको छ । आँउदो २ नोभेम्बर शनिबार दिँउसो २ बजेदेखि राति ९ बजेसम्म हुने महोत्सवको लागि एकसाता अघि सम्ममा नौहजार पाँच सयले जनही २० अमेरिकी डलरको प्रवेश शुल्क बुझाइसकेको आयोजकले बताएका छन् ।

टेक्सास अमेरिकामा नेपालीको सर्वाधिक बसोबास भएको राज्य हो । यहाँ करिब सवालाख नेपाली बसोबास गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?