+
+

नेपाली विद्यार्थीका लागि ‘क्यानाडा समिट २०२५’ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २० गते २२:४८

२0 पुस, काठमाडौं । क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि लक्षित गरेर ‘क्यानडा समिट २०२५’ आयोजना हुने भएको छ ।

आगामी जनवरी ९ तारिखका दिन इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी)ले बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्था आइसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले जानकारी दिए । कार्यक्रम आईसीसीसीको कार्यालय पुतलीसडकमा हुनेछ।

कार्यक्रममा सेन्टेनियल कलेज, लेकहेड युनिभर्सिटी, एसएआईटी, दरहम कलेज, सेनेका पोलिटेक्निक र जर्जियन कलेज जस्ता प्रसिद्ध क्यानेडियन संस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने मौका हुनेछ।

सहभागीहरूले क्यानडाको भिसा प्रक्रियाबारे जानकारी पाउने, विशेषज्ञहरूसँग छलफल गर्ने र आफ्ना शैक्षिक योजनाहरूका लागि व्यक्तिगत मार्गदर्शन प्राप्त गर्ने आइसीसीसीको दाबी छ । समिटले क्यानडा अध्ययनको सपना पूरा गर्नका लागि आवश्यक ज्ञान र सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?