 
																			२ माघ, काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकरिझ्याइँको राजनीति गर्नेले चुनौती दिएको बताएका छन् ।
बेलायतको वेस्ट मिन्स्टरमा धारणा राख्ने क्रममा नेता कोइरालाले लोकरिझाईको राजनीति, उग्र राष्ट्रवाद, साम्प्रदायिकता र आर्थिक राष्ट्रवाद जस्ता कार्यले बहुलवाद र विकासलाई चुनौती दिइरहेको बताए ।
उनले भने,‘नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले यो तथ्यलाई सन् १९७० को दशकमै बुझेर सचेत गराउँदै भन्नुभएको थियो, ‘लोकतन्त्र बचाउनुपर्छ, यसलाई कुनै बहानामा कतै बुझाउन हुन्न ।’ उहाँका ती वाक्य आज अझ सान्दर्भिक भएका छन्।’
कोइरालाले नेपालमा लगानीका लागि बेलायतीका उद्यमीलाई आग्रह गरेका छन् । बेलायत भ्रमणमा रहेका नेता कोइरालाले जलविद्युत, पर्यटन, कृषि तथा वनजन्य क्षेत्रमा उद्यमको सम्भावनाका क्षेत्र रहेको बताए ।
इमानदार र परिश्रमी कामदारका कारण नेपाल वैदेशिक लगानीको लागि अत्यन्त संभावना भएको क्षेत्र भएको उनले बताए । ‘नेपाल सरकारले बैदेशिक लगानी मैत्री वातावरण बनाएको छ ।
नेपालमा बेलायती लगानी राम्रो भएपनि अझ यसमा धेरै वृद्धि गर्न सकिन्छ,’ कोइरालाले भने,‘यस्तो अवस्थामा वेलायती प्रविधिको सहयोगमा हामीले विभिन्न क्षेत्रमा मिलेर काम गर्न सक्छौं । तसर्थ म स्वच्छ उर्जा, पर्यटन, जलविद्युत, कृषि र प्रविधि लगायतका अन्य क्षेत्रमा नेपालमा लगानी गर्न यहाँका उद्यमीहरुमा आग्रह गर्न चाहन्छु ।’
दुई शताब्दीदेखि नेपाल बेलायतको सम्बन्ध रहेको उल्लेख गर्दै कोइरालाले दुईलाख भन्दा बढी गोर्खा सैनिकहरुले दुई विश्व युद्धमा बेलायतको तर्फबाट युद्ध लडेको स्मरण गरे । नेपालका विभिन्न शहरहरु र संयुक्त अधिराज्यका विभिन्न शहरहरुका बीचको भगिनी सम्बन्धले जनस्तरको मित्रता प्रगाढ बनाएको बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4