+
+
Shares

शेखरले बोलाएको छलफलको समीक्षा- विशेष महाधिवेशनका कारण पार्टी एकता कमजोर

‘विशेष महाधिवेशनकै कारण पार्टीभित्र एकता कामय हुन नसकेको विषयमा छलफलमा बोल्ने सबैजसो नेताको सहमत नै सुनिनुभएको छ’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १४:४६

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा धेरैजसो नेताहरूले विशेष महाधिवेशनकै कारण पार्टी एकता कमजोर भएको बताएका छन् । नेता कोइरालाले पार्टी र देशका राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा बनाउनका लागि राय लिन बिहीबार बालुवाटारको ओपेरा होटलमा बागमती प्रदेश स्तरीय छलफल बोलाएका थिए ।

उक्त छलफलमा बोल्नेहरूमध्ये अधिकांशले पार्टीभित्र विवादको स्थिति रहेको र एकता कायम हुन नसकेकामा चिन्ता व्यक्त गरेका थिए । पार्टीभित्र सिर्जित पछिल्लो विवादको कारण विशेष महाधिवेशन नै रहेकामा धेरैजसो नेता एकमत सुनिएको छलफलमा सहभागी एक नेताले बताए ।

‘विशेष महाधिवेशनकै कारण पार्टीभित्र एकता कामय हुन नसकेको विषयमा छलफलमा बोल्ने सबैजसो नेताको सहमत नै सुनिनुभएको छ,’ कोइरालानिकट स्रोतले भन्यो ।

यस्तै अहिलेको अवस्थामा पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी सभापति गगन थापाको रहेको पनि नेताहरूले समीक्षा गरेका छन् ।

छलफलमा बोल्ने नेताहरूले केन्द्रीय कार्यसमितिले आह्वान गरेको क्रियाशील सदस्यता अद्यावधिकको विषयमा पनि प्रश्न उठाएका छन् । नेताहरूले १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरढा भइसकेको अवस्थामा पुन: अद्यावधिक गर्ने कुरा असल नियतका साथ नआएको भन्दै प्रश्न उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?