२८ कात्तिक, काठमाडौं । जापानको राजधानी टोकियो र नागोयामा ‘स्वप्न सुमन एन्ड द एस्टर्स लाइभ इन टोकियो’ हुने भएको छ ।
डिसेम्बर १ तारिख आइतबारका दिन दिउँसो ३ बजेदेखि कार्यक्रमस्थल खुल्ला हुन छ भने साँझ ६ बजेदेखि कार्यक्रम सुरु हुनेछ भने नागोया डिसेम्बर ५ तारिख, डाइमण डाइमण्ड हलमा हुने आयोजकले जनाएको छ ।
जापानको टोकियोस्थित सिन्जुको कारेइदो बिल्डिंगको ७ तला मा हुने कार्यक्रमका आयोजक खिमबहादुर शाहले बताए । ‘युवापुस्तालाई आकर्षण गर्नका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने, ‘यसका लागि हामीले युवापुस्तामाझ लोकप्रिय गायकहरूलाई पनि आमन्त्रण गरेका हौं।’
कार्यक्रममा ब्यान्ड गायक स्वप्न सुमन गुन्जिनेछन् । एस्टर्स ब्यान्डसहित उनले प्रस्तुति दिनेछन् । एस्टर्स उनको ब्यान्ड हो ।
टी–२ सिनजुकुमा हुने कार्यक्रममा चार हजार जापानी येनदेखि १० हजारसम्मको टिकट मूल्य रहेको छ । म्याक्स इन्टरटेनमेन्टको प्रस्तुति रहेको कार्यक्रममा स्वप्न सुमनले आफ्ना ब्यान्टसहित दर्जन लोकप्रिय गीत गाउनेछन् ।
प्रतिक्रिया 4