+
+
Shares

प्रवासमा पनि नेपाली मिडियाले अग्रणी भूमिमा निभाएका छन्ः राजदूत यादव

कार्यक्रममा राजदूत चित्रलेखा यादवले अस्ट्रेलियामा स्थायी बसोबास गर्ने पहिलो नेपाली नारायण प्रधान, नेपाल अस्ट्रेलियन डेमोक्र्याटिक फोरमका पूर्वअध्यक्ष अजय शिवाकोटी, सुरक्षा थापा रायमाझी, एन्टाका पूर्वअध्यक्ष सुवास शाह, बहुसांस्कृतिक समाज समन्वय अधिकृत मुन लुओ र नेपाली क्रिकेट प्रशिक्षक जगत टमाटालाई सम्मान समेत गरेकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते १३:३१

११ चैत, सिड्नी । अस्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले विदेशमा समेत नेपाली मिडियाले अग्रणी भूमिका निभाएको बताउँदै यसले आफ्नो पेशाको मान र शान राख्नका लागि पनि निष्पक्ष भएर कलम चलाउनु जरुरी रहेको बताएकी छन् ।

अस्ट्रेलियाको सिड्नीमा रहेर सामुदायिक पत्रकारितामा अग्रणी भूमिका निर्वाह गरिरहेको वचन न्युजको वार्षिक उत्सव तथा कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत यादवले प्रवास र देशलाई जोड्न नेपाली सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलिरहेको बताइन् ।

कार्यक्रममा अस्ट्रेलियामा स्थायी बसोबास गर्ने पहिलो नेपालीका रुपमा चिनिएका नारायण प्रधान, नेपाल अस्ट्रेलियन डेमोक्र्याटिक फोरमका पूर्वअध्यक्ष अजय शिवाकोटी, सुरक्षा थापा रायमाझी, एन्टाका पूर्वअध्यक्ष सुवास शाह, बहुसांस्कृतिक समाज समन्वय अधिकृत मुन लुओ र नेपाली क्रिकेट प्रशिक्षक जगत टमाटालाई सम्मान गरिएको थियो ।

राजदूत चित्रलेखा यादवले सम्मान–पत्र प्रदान गरेकी थिइन् । कार्यक्रममा बोल्दै एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले पत्रकारिता समाजको महत्वपूर्ण अंग भएकाले यसले सचेत गराउनुका साथै असल कार्यको प्रशंसा गर्न पनि कन्जुस्याइँ गर्नु नहुने धारणा राखे ।

कार्यक्रममा नेपाल अस्ट्रेलिया पत्रकार संघका अध्यक्ष कृष्ण तिवारीले अस्ट्रेलियामा नेपाली समुदाय बढ्दै गर्दा सञ्चार माध्यमको महत्व पनि बढेको बताउँदै यसले दिने सन्देश सत्य तथ्यमा आधारित भएर निष्पक्ष हुनुपर्ने बताए ।

कार्यक्रमलाई सघाउने आरएफएम फेसीलिटी मेनेजमेन्टका रन्जित शाह र जेनिथ माइग्रेशनका तेज प्रजापतीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल, सह संयोजक अरुण ठाकुर, तमु समाजका अध्यक्ष हेउपती गुरुङ, नारी निकुन्जकी संयोजक संगिता चापागाई, नारी निकुन्जकी पूर्वसंयोजक सन्ध्या शाह, एन्जाका महासचिव गणेश भट्ट, सल्लाहकार डा राजु मानन्धर लगायतले बोलेका थिए ।

समुदायको ऐनाको रुपमा रहेको सञ्चारमाध्यम र समुदाय एक आपसमा जोडिएका कारण प्रवासमा रहेर पनि नेपाली समुदायको हितमा समर्पित व्यक्तित्वहरुको सम्मान गर्नु यसको प्रमुख उद्देश्य रहेको वचन न्युजका प्रधान सम्पादक जीवन रायमाझीले बताए ।

होसन्ना नेपाली चर्चका पास्टर अनिस रिमालको प्रार्थनाबाट प्रारम्भ गरिएको कार्यक्रममा गस्पेल चर्चका विद्यार्थीहरुले सन्देशमुलक गीत सुनाएको अनुपमा बास्तोलाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?