+
+
Shares

फिन्ये उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते २०:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फेडरेसन अफ इन्टरनेसनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलनमा करिब २०० नेपाली उद्यमी सहभागी भएका थिए।
  • सम्मेलनमा 'खल्ती' संस्थापक अमित अग्रवाल र नेपाल राष्ट्र बैंकका निर्देशक प्रल्हाद गिरीले आफ्ना अनुभव सुनाएका थिए।
  • फिन्ये अमेरिका च्याप्टरको २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

टेक्सास (अमेरिका) । नेपाली उद्यमीको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेसन अफ इन्टरनेसनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सम्मेलनमा उत्तर अमेरिकामा रहेका करिब २०० नेपाली उद्यमी सहभागी थिए । ८ वर्षीया बालिका अन्या श्रेष्ठले प्रमुख अतिथिको रूपमा बिरुवामा पानी हालेर कार्यक्रमको शुभारम्भ गरिन् ।

सम्मेलनमा नेपाल तथा अमेरिकाका प्रतिष्ठित व्यक्तिले वक्ताको रूपमा सम्बोधन गरे । नेपालबाट ‘खल्ती’ डिजिटल वालेटका संस्थापक अमित अग्रवाल र नेपाल राष्ट्र बैंकका निर्देशक प्रल्हाद गिरी (विशेष अतिथि) ले आफ्ना अनुभव सुनाए ।

अन्तर्राष्ट्रिय वक्ता रायन म्यानली तथा फिन्ये आईईसीका संस्थापक तथा उपाध्यक्ष प्रकाश थापा र प्रबुद्ध दाहालले उद्यमशीलताका विविध पक्षमा प्रकाश पारेका थिए ।

सजन गौतमले सहजीकरण गरेको प्यानल छलफलमा सतीश गैरे, सुनिल साह, सुमन थापा, अनु तामाङ र प्रल्हाद गिरीले उद्यमशीलता र आर्थिक वृद्धिका विषयमा महत्वपूर्ण दृष्टिकोण प्रस्तुत गरेका थिए ।

साधारण सभाले फिन्ये अमेरिका च्याप्टरको २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरेको छ । नवगठित कार्यसमितिको अध्यक्षमा सविन्द्र थापा चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा नारायण खकुरेल, उपाध्यक्षमा राजप्रकाश भण्डारी र रामहरि थापा, महासचिवमा अनु तामाङ, सचिवमा सोनी थापा र कोषाध्यक्षमा श्रद्धा थाकुरी चयन भएका छन् ।

सदस्यमा अनिता गुरुङ, दीपक खरेल, चानी लामा, चक्रपाणि अधिकारी, नवराज आचार्य, रविन कार्की, सुनिल गौतम र रेश्मा ताम्राकार छन् । सञ्चार संयोजक तथा प्रवक्ताको जिम्मेवारी यूएस खबरका अध्यक्ष तथा प्रधान सम्पादक ओम आचार्यलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?