+
+
Shares

केन्याका उच्चायुक्तले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

कमलादीमा अवैतनिक दूतावास स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १२:५६

२१ जेठ, काठमाडौं । नेपालका लागि केन्याका उच्चायुक्त पिटर मैनामून्यीरीले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो ओहोदाको प्रमाण पत्र बुझाएका छन् ।

नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनको उपस्थितिमा गत सोमबार पिटरले राष्ट्रपति कार्यालय शीतल निवासमा ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

सोही दिन उच्चायुक्त पिटरले काठमाडौंको कमलादीस्थित सिटी एक्सप्रेस कम्प्लेक्सको चौथो तल्लामा गणतन्त्र केन्याको अवैतनिक दूतावास कार्यालय उद्घाटन पनि गरे ।

साथै नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनद्वारा आयोजित विशेष समारोहमा दुवै देश बिचको व्यापार प्रवद्र्धनका साथै सांस्कृतिक तथा अन्य विविध क्षेत्रमा सहकार्य विस्तारमा काम गर्ने प्रतिवद्धता जनाइएको थियो ।

नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन, सिटी एक्सप्रेस मनी ट्रान्सफरका संस्थापक पनि हुन् ।

नेपाल र केन्याबीच सन् १९७८ (वि.सं. २०३५) मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम भएको थियो । त्यसयता दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?