+
+
Shares

एनआरएनए इजरायल अध्यक्षमा अली महम्मद मियाँको उम्मेदवारी घोषणा

विगतमा संघको सचिव र महासचिवको भूमिका निर्वाह गरिसकेका मियाँले आफ्नो अनुभवलाई संस्था सुधारमा लगाउने वाचा गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १५:०६

९ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् इजरायलको अध्यक्षका लागि अली महम्मद मियाँले उम्मेदवारी घोषणा गरेका छन् ।

सन् २०२५–२०२७ कार्यकालको निर्वाचनका लागि वर्तमान महासचिव समेत रहेका मियाँले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले इजरायलमा रहेका नेपाली समुदायको हकहितमा काम गर्ने प्रतिबद्धता सहित उम्मेदवारी प्रस्तुत गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै मियाँले आफू पदका लागिमात्र नभई इजरायलमा रहेका नेपालीको सुखदुःख, पीडा र समस्या समन्वय गरी समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् । ‘संस्थाको विधान एवं लक्ष्य अनुसार, इमानदारीता, नैतिकता, एकता, पारदर्शिता, रूपान्तरण, सक्षम र सबल नेतृत्वको पहिचानमा म योग्य छु,’ उनले आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् ।

विगतमा संघको सचिव र महासचिवको भूमिका निर्वाह गरिसकेका मियाँले आफ्नो अनुभवलाई संस्था सुधारमा लगाउने वाचा गरेका छन् ।

‘मेरो कार्य अवधिमा संस्थाभित्र रहेका हरेक किसिमका विकृति, विसंगति र अनिमियता विरुद्ध अबको दिनमा नेतृत्वमा आएर सुधार्ने वाचा र कसम खाएको छु,’ उनले भने ।

मियाँले नेपाली दूतावास। इजरायलमा रहेका सम्पूर्ण संघसंस्था एवं नेपाली समुदायसँग सहकार्य र सम्मानपूर्ण व्यवहारलाई आफ्नो दायित्व सम्झने बताएका छन् । साथै, युरोप क्षेत्र एवं अन्तर्राष्ट्रिय समितिसँग सकारात्मक सम्बन्ध स्थापित गर्दै ‘अवलोकन भ्रमण’ तथा नेपालीको हितमा रचनात्मक अनलाइन कार्यक्रमहरू सञ्चालन गर्ने योजना अघि सारेका छन् ।

उनले जीटुजी, कृषि र होम केयर गिभर लगायत सबै नेपाली कामदारको पेसागत तथा कानुनी समस्या समाधानका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसका साथै समय–समयमा अवलोकन भ्रमण, खेलकुद, कला तथा सांस्कृतिक कार्यक्रम र चाडपर्व विशेष कार्यक्रम आयोजना गर्ने उनले बताए ।

उनी २०१९–२०२१ र २०२१–२०२३ मा सचिव तथा २०२३–२०२५ मा महासचिवका रूपमा काम गरेका थिए । अग्रजहरूको राम्रो कामलाई सम्मान गर्दै, उनीहरूको साथ, सुझाव र विश्वास लिएर एनआरएनए–इजरायललाई अझ प्रभावकारी, उत्तरदायी र सबै नेपालीको साझा संस्था बनाउने दृढ संकल्पसाथ अगाडि बढेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?