Comments Add Comment

प्रवास समाचार

List Grid
स्पेनका राजा फेलिपेको नेपाल भ्रमण गर्ने इच्छा

स्पेन । स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन्। शुक्रबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता पनि गरेकी थिइन् । स्पेनका नरेशले राजदूत शेर्पालाई बधाई […]

एनआरएनएको दोस्रो विज्ञ सम्मेलन धुलिखेलमा हुने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोश्रो एनआरएन विज्ञ सम्मेलन आगामी अक्टोवरमा हुने भएको छ । एनआरएनएका महासचिव डा. हेम राज शर्माका अनुसार सो सम्मेलन काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने भएको हो । पहिलो सम्मेलन सोल्टी होटलमा आयोजना हुदाँ महङ्गो दर्ता शुल्क भएको आलोचना भए पछि संघले दोस्रो सम्मेलन काठमाडौं विश्वविद्यालयमा गर्न लागेको हो । काठमाडौं […]

सिड्नी महानगरमा शुक्रबार शिक्षा तथा आप्रवासन प्रदर्शनी

सिड्नी । शुक्रबार सिड्नीमा ‘एजुकेशन एण्ड माइग्रेसन एक्जिबिसन’ अर्थात शिक्षा तथा आप्रवासन प्रदर्शनी हुने भएको छ । नयाँ वर्ष लागेसँगै सिड्नीमा विद्यार्थी तथा पढाइ सकेर स्थायी आप्रवासनको परामर्श खोजिरहेकाहरुको लागि यो कार्यक्रम गर्न लागिएको आयोजकको भनाइ छ । विश्वको पहिलो ‘ग्लोबल ट्यालेन्ट हब’ बनाउने महत्वकांक्षी योजना अन्तर्रगत सिड्नी महानगरले अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउन थालेको पनि झण्डै […]

ओमानमा पनि सुरु भयो नेपाल भ्रमण वर्ष

ओमान । ओमानमा पनि नेपाल भ्रमण वर्षको सुरुआत गरिएको छ । राजधानी मस्कटस्थित नेपाली राजदूतावासले ओमानको इस्ति भिलेजमा एक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुभारम्भ गरेको हो । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेसँगै ओमानस्थिन नेपाली दूतावासले पनि विविध कार्यक्रम गरी यसलाई सफल बनाउने तयारीसहित शुभारम्भ गरेको हो । कार्यक्रम […]

६ बुँदे घोषणापत्र जारी गर्दै सकियो अनेसासको च्याप्टर सम्मेलन

जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को तेस्रो च्याप्टर सम्मेलन ६ बुँदे टोकियो घोषणापत्र जारी गर्दै सकिएको छ । टोकियोको सिन्जुकुमा तीन दिनसम्म चलेको सम्मेलनले आन्तरिक कमजोरी सुधार गर्ने प्रतिबद्धतासहित घोषणापत्र जारी गरेको हो । सम्मेलनमा केन्द्र र च्याप्टरबीचको सम्बन्धमा रहेका कमजोरीहरूलाई पनि निकास दिइएको छ । सम्मेलनमा ९ देशका १७ च्याप्टरका प्रतिनिधि र नेपालका […]

एक वर्षमै गयो युएईमा १०३ नेपालीको ज्यान

६ माघ, यूएई । वैदेशिक रोजगारीमा जाने हरेक युवाको सपना हुन्छ– परिवारलाई खुसी दिने । यसरी परिवारको खुसीको खोजीमा विदेश भासिने नेपालीको संख्या बर्सेनि बढ्दो छ । तर, परिवारको खुसीका लागि विदेशी भूमिमा श्रम बेच्न अभिशप्त नेपालीको जीवन अकालमै टुंगिरहेको छ । नेपालीको मुख्य श्रम गन्तव्यमध्ये एक मानिने संयुक्त अरब इमिरेट्स (युएई) मा बितेको सन् २०१९ […]

अबुधाबी बस दुर्घटना अपडेट : ३ नेपालीको मृत्यु, १४ घाइते (नामावलीसहित)

३ माघ, अबुधाबी । आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको पुष्टि भएको छ । सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस बिहीबार बिहान अल रहा भन्ने स्थानमा दुर्घटना भएकाे थिए । गुडिरहेको लरीमा ठोक्किएर भएको दुर्घटनामा ६ को मृत्यु भएकोमा ३ नेपाली रहेको पुष्टि भएको […]

युएईको आबुधाबीमा १८ जना नेपाली कामदार बोकेको बस दुर्घटना

युएई । युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घट्ना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । नेपाली कामदार बोकेको गाडी दुर्घटना भएकोले मृत्यु नेपाली हुनसक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । तर, मृतकको पहिचना नभएको दूतावसले जनाएको छ । बसमा २४ जना सवार थिए । त्यसमध्ये १८ जना नेपाली कामदार रहेको कम्पनीले जनाएको […]

एनआरएन अस्ट्रेलियाको खातामा ३ करोड 

सिड्नी । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले आफ्ना दुई महत्वपूर्ण रिपोर्ट सार्वजनिक गरेको छ । एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल र जनवरी पहिलो हप्ता, भिजिट नेपाल २०२० लाई सहयोग गर्न बनेको अभियान टिमका संयोजक खेम शर्माको रिपोर्ट सार्वजनिक गरिएको हो । कोषाध्यक्ष पोखरेलको त्रैमासिक रिपोर्टअनुसार अहिले एनआरएन अस्ट्रेलियाको खातामा तीन लाख २७ हजार डलर रकम छ, […]

भारतले सीमा मिचेको विरोधमा राष्ट्रसंघ मुख्यालय अगाडि प्रदर्शन, ज्ञापनपत्रसमेत बुझाइयो

न्यूयोर्क  । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा नेपालीहरुले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन गरेका छन् । सीमाविद बुद्धिनारायण श्रेष्ठसहितको सहभागितामा विरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनमा न्युयोर्क र आसपासका राज्यमा बस्ने नेपालीहरु समेत सहभागी भएका थिए । लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सासहितको टिसर्ट लगाएका उनीहरुले सीमा अतिक्रमणविरुद्ध नाराबाजी गरेका थिए । विरोध प्रदर्शनपछि […]

हृदयाघातका कारण पूर्वराजदूत शर्माको निधन

१ माघ, बेलायत । संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोग न्यूयोर्कका पूर्वप्रमुख एवं बेलायतका लागि पूर्वराजदूत मुरारी अधिकारी शर्माको हृदयाघातका कारण लण्डनमा मंगलबार दिउँसो निधन भयो । नेपालमा अर्थ मन्त्रालयबाट शाखा अधिकृतकका रूपमा आफ्नो जागिरे जीवन शुरू गरेका शर्मा गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रित्व कालमा परराष्ट्र सेवामा स्थानान्तरित भएका थिए । उनी परराष्ट्र सचिव पदमै छँदा संयुक्त राष्ट्र […]

पोर्चुगलमा समुन्द्रको छालले बगाएर धादिङका श्याम र कमलको मृत्यु

२९ पुस, लिस्बन । समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् । पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए । नौ महिनाअघि पोर्चुगल पुगेका […]

परिवारसँग समय बिताउन भन्दै तास्मानियाका प्रिमियरले दिए राजीनामा

तास्मानिया । अस्ट्रेलियाको तास्मनिया राज्यका प्रिमियर विल हग्म्यानले आफ्नो १८ वर्षे राजनीतिबाट अवकास लिने बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले अब आफूले स्वेच्छिक राजीनामा दिएको घोषणा गरे । आफ्नो कार्यकाल अझै दुई वर्ष बाँकी छदै उनले मंगलबार राजीनामा दिएका हुन् । अस्ट्रेलियन लिबरल पार्टीका नेता विल हग्म्यानले आफूलाई परिवारसँग समय बिताउन मन लागेकाले […]

अस्ट्रेलियामा नेपाली थारुका तीन दशक : बिर्सिएका छैनन् संस्कृति

सिड्नी । अस्ट्रेलियामा बुधबार माघी पर्व मनाइँदैछ । माघीको अवसरमा यहाँको नेपाली थारु समुदायले डढेलो निभाउन खटेका फायर फाइटरहरुलाई सहयोग गर्ने लक्ष्य राखेको थारू सोसाइटी, सिड्नी अस्ट्रेलियाका अध्यक्ष दीपनारायण चौधरीले बताए । माघी पर्व आयोजना गरिने स्थानमा आफ्नो समुदायबाट फायर फाइटरला सहयोग संकलन पनि गरिने उनले बताए । ‘हामी हाम्रो सांस्कृतिक पर्वलाई कर्म क्षेत्रले अहिले […]

ओमनका सुल्तान कावुसको निधनप्रति ऊर्जामन्त्री पुनद्वारा समवेदना व्यक्त

२९ पुस, ओमन । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्र्षमान पुनले ओमनका सुल्तान कावुस विन तारिक विन ताइमुर विन अल सइदको निधनप्रति नेपालका तर्फबाट ओमनको सरकार तथा त्यहाँका जनताप्रति समवेदना प्रकट गरेका छन्। अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघ (आईरीना)को १० औं साधारणसभामा सहभागी हुन युएइको अबुधाबी पुगेका मन्त्री पुन त्यहीँबाट ओमनको राजधानी मस्कट पुगेर समवेदना प्रकट गरेका […]

मेलबर्नमा बालबालिकालाई ‘पब्लिक स्पिकिङ’ तालिम

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा ८-१२ वर्षका विद्यार्थीलाई ‘पब्लिक स्पिकिङ र कन्फिडेन्ट बिल्ड अप’ तालिम दिइएको छ । नेपालीहरुले संचालन गरेको विद्यालय बाल संसार ग्लेनरोयको आयोजनामा ३५ जना बालबालिकालाई ग्लेंरोय कम्युनिटी सेन्टरमा तालिम दिइएको हो । सुशील चालिसेद्वारा प्रशिक्षण दिइएको उक्त तालिममा मेलबोर्नमा संचालित नेपाली विद्यालयहरु बाल चौतारी वेस्ट, बाल चौतारी प्रेसटन, बाल बाटिका एप्पिंग वलर्ट […]

जापानमा राप्ती समाजले सुरू गर्‍यो ‘भिजिट नेपाल’को प्रचार

जापान । बीस लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भइसको छ । नेपालमा जनवरी १ तारिखमा दिन शुभारम्भ भएपछि विदेशस्थित नियोगहरुमा पनि ७ तारिखबाट शुभारम्भ गरिएको छ । विभिन्न देशमा छरिएका गैरआवासीय नेपालीहरु पनि आ-आफ्नो ठाउँबाट स्वस्फूर्त प्रचारप्रसारमा सक्रिय हुन थालेका छन् । सोही अनुसार नेपालमा पर्यटन भित्र्याउन राप्ती समाज […]

अस्ट्रेलियामा नयाँ शैलीमा सांगीतिक कार्यक्रम हुँदै

सिड्नी । अस्ट्रेलियामा नयाँ अवधारणाको सांगीतिक कार्यक्रम हुने भएको छ । अस्ट्रेलियामा क्रियाशील संस्थाहरु सोलान्चार, गुठी अस्ट्रेलिया र पोखरा समाज अस्ट्रेलियाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रमबारे भिडियो संदेश पठाउँदै कन्दरा ब्याण्डका विवेक श्रेष्ठले आजभोलि प्रवासमा आयोजना हुने विभिन्न नेपाली सांगीतिक कार्यक्रमको स्तर घटिरहेकोले आफूले नयाँ सोचाइ अगाडि ल्याएको बताए । उनले नेपाली […]

एनआरएन अस्ट्रेलियाले गर्‍यो प्रवक्तासहित विभिन्न पदमा नियुक्ति

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अस्ट्रेलियाले विभिन्न पदमा नियुक्ति गरेको छ । अधिवेशन भएको झन्डै ६ महिनापछि यी नियुक्तिहरु भएका हुन् । आइतबार भएको एनआरएन अस्ट्रेलियाको बैठकले प्रवक्तामा नन्दु गुरुङलाई नियुक्त गरेको छ भने पब्लिक अफिसरमा कोमल पाठकलाई नियुक्त गरेको छ । त्यस्तै कुइन्स ल्याण्डका रदीप थापा, न्यू साउथ वेल्सका […]

नेपालको ऊर्जा क्षेत्रको विकासमा युएईको १ अर्ब १३ करोड रुपैयाँ सहायता

युएई । संयुक्त अरब इमिरेट्स युएईले नेपालमा ऊर्जा उत्पादनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड रुपैयाँ) आर्थिक सहायता गर्ने भएको छ । अबुधावीमा जारी विश्व नवीकरणीय ऊर्जा संघ (इरिना)को वार्षिक साधारण सभाको मञ्चबाट यो सहयोग घोषणा भएको हो । अबुधावी फण्ड फर डेभलपमेन्ट अन्तर्गत नेपाललाई उक्त सहयोग मिल्ने युएईका लागि नेपाली […]

नेपाल भ्रमण वर्ष २०२० मा ८० वर्षे कार्लोसको धवलागिरि चुचुरो चुम्ने सपना

स्पेन । कार्लोस सोरिया स्पेनका सफल पर्वतारोही हुन् । उनले ८ हजार मिटर अग्ला १४ वटा हिमालहरुको आरोहण गरिसकेका छन्। ती मध्ये १२ वटा हिमालहरुको चुचुरो चुमिसकेको छन्। सोरियाले धलागिरि र सिसापाङ्गा हिमालको चुचुरोमा मात्र टेक्न बाँकी छ । कार्लोसले ६० वर्षको उमेरपछि ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमालहरु चढेर विश्व कीर्तिमान कायम गरेका […]