+
+

सिस्नुपानी नेपालले युएईमा गर्‍यो ‘दुई थोपा हाँसो’ कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते १८:३७

युएई। संयुक्त अरब इमिरेट्स (युएई)का बिभिन्न शहरहरुमा सिस्नुपानी नेपालले ‘दुई थोपा हाँसो’ कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली दूतावास अबुधाबीको सहयोग तथा गैर आवासीय नेपाली संघ (एनआरएनए, एनए) आयोजनामा जनवरी १० देखि १२ सम्म सिस्नोपानीले यूएईमा कार्यरत श्रमिकहरु बस्ने क्याम्पहरुमै गएर हास्यव्‍यंग्यसहितको जनचेतना कार्यक्रम गरेको हो ।

जनवरी १० शुक्रबारको पहिलो कार्यक्रम यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षत्रीको प्रमुख आतिथ्यतामा हास्य कलाकार मनोज गजुरेल सहितको टिमले आबुधाबीस्थित अलजोधा, एम ४४, मुसफ्फामा सम्पन्न भएको थियो ।

जनवरी ११ तारिक शनिवारको दिन शारजाहको क्लिन्को क्याम्प, सज्जा र दुबईको बलेदिया भलिबल ग्राउन्ड अलकुजमा कार्यक्रम भएको थियो । आइतबार बिहान १० बजे इभर सेन्डाई क्याम्प सोनापुर र बेलुकी ५ बजे इन्डियन सोसल सेन्टर अजमानमा पनि कार्यक्रम हुनेछ ।

कार्यक्रममा सिस्नुपानी नेपालका चर्चित सर्जकहरु मनोज गजनरेल, टंक आचार्य, चक्र दवाडी लगायतको प्रस्तुति रहने आयोजकले बताएको छ ।

एनआरएनए मध्यपूर्व उपसंयोजक तथा पुर्व अध्यक्ष रमेश श्रेष्ठले सन् २०१७ मा आफ्नो कार्यकालमा शुरुवात गरेको यो कार्यक्रमको निरन्तरता पाएकोमा खुसी ब्यक्त गरे । यूएईमा सिस्नोपानीको यो तेश्रो श्रिंखला हो ।

कलाकार मनोज गजुरेलले नेपालको अर्थतन्त्रमा ठूलो टेवा दिने श्रमिकहरुको अनुहारमा खुसी हेर्न र खुसी छर्न आफूहरुले कार्यक्रम गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?