
News Summary
Generated by OK AI. Editorially reviewed.- मेरिल्याण्डको ग्लेन आर्मस्थित हिन्दु बुद्ध मन्दिरमा दशैं डे मनाइएको छ।
- ईनास अमेरिका र मेरिल्याण्ड शाखा, बाल्टिमोर एसोसिएसनले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेका थिए।
- सन् २०२३ मा मेरिल्याण्डले अक्टोबर ५ लाई दशैं डेको रुपमा मान्यता दिएको छ।
मेरिल्याण्ड (अमेरिका) । नेपालीको महान चाड दशैंको अवसरमा यहाँको ग्लेन आर्मस्थित हिन्दु बुद्ध मन्दिरमा ‘दशैं डे’ मनाइएको छ ।
हिन्दु बुद्ध मन्दिरसहित अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) अमेरिका र ईनास मेरिल्याण्ड शाखा, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिकाले संयुक्तरुपमा कार्यक्रम आयोजना गरे ।
सो अवसरमा सहभागीले एकअर्कामा दशैंको शुभकामना आदानप्रदान गर्दै सांस्कृतिक कार्यक्रम मनाए । कलाकारले गायन र नृत्य प्रस्तुतिसहित मनोरञ्जन दिए ।
सो अवसरमा ईनास अमेरिका र ईनास मेरिल्याण्डले हिन्दु बुद्ध मन्दिरको आजिवन सदस्यता लिइएको जानकारी दिइयो । दर्जनौं मनकारी दाताले मन्दिरलाई आर्थिक सहायता प्रदान गरेका थिए ।
गायिका स्वरुपा रसाइली, गायक लक्ष्मण पौडेलसहित बालकलाकारले सांस्कृतिक र नृत्य प्रस्तुति दिए ।
कार्यक्रमको संचालन मन्दिर संचालक समितिका सचिव तरुण पौडेलले गरे । मन्दिरका अध्यक्ष श्याम कार्की, उपाध्यक्ष कृस घिमिरे, बानाका अध्यक्ष जितेन्द्र गुरुङ, ईनास अमेरिकाका अध्यक्ष सृजन ताम्राकार, ईनास मेरिल्याण्डकी अध्यक्ष शान्ति भण्डारी लगायतका व्यक्तिले दशैंको शुभकामना दिए ।
सो अवसरमा नेपालमा शान्तिको कामना गर्दै सहभागीले मैनबत्ती प्रज्वलन समेत गरे । नेपालको नक्सा बनाएर वरपर दीप प्रज्वलित गरियो ।
कार्यक्रममा म्यारिल्याण्ड डिष्ट्रीक ८ का डेलिगेट ह्यारी भण्डारीको विशेष उपस्थिति थियो ।
सन् २०२३ मा मेरिल्याण्ड राज्यले अक्टोबर ५ लाई ‘दशैं डे’को रुपमा मान्यता दिएको थियो । बढ्दो नेपाली समुदायको सांस्कृतिक सम्मानको लागि यस्तो मान्यता दिने मेरिल्याण्ड पहिलो अमेरिकी राज्य हो ।
प्रतिक्रिया 4