१२ कात्तिक, काठमाडौं । जापानको टोकियोस्थित नेपाली दूतावासले विभिन्न सहरमा घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।
राहदानी तथा कन्सुलर सेवा प्रदान गर्न नोभेम्बरमा घुम्ती सेवा सञ्चालन गर्न लागेको दूतावासले जनाएको छ ।
घुम्ती सेवा सिजुओका, सेन्डाइ र नागोयामा सञ्चालन हुनेछ । दूतावासका अनुसार सिजुओकामा नोभेम्बर ९ र १० मा बिहान १० देखि ५ बजेसम्म शिविर सञ्चालन हुनेछ भने नागोयामा ११, १२ र १३ शिविर सञ्चालन गरिने दूतावासले जनाएको छ ।
यस्तै, सेन्डाइमा १४ र १५ तारिखमा शिविर सञ्चालन हुनेछ । यहाँको शिविरबाट फुकुसिमा प्रान्तमा रहेका नेपालीले पनि सेवा लिन सक्नेछन् ।
शिविरमा सेवा लिनका लागि फाराम भर्ने व्यवस्था गरिने र त्यसबारे थप जानकारी गराइने दूतावासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4