+
+

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते २०:५४

काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन भएको छ । दर्ता भएर सर्वसम्मतरुपमा पहिलो कार्यसमिति पनि गठन भएको छ । अध्यक्षमा रामप्रसाद खनाल चुनिएका छन् ।

उपाध्यक्षमा अखण्ड भण्डारी, जीवराम भण्डारी, केदार कोइराला, टङ्क पन्त र सतिश चापागाईँ चयन भएका छन् । महासचिवमा टङ्क दाहाल, सचिवमा अनिल अधिकारी, कोषाध्यक्षमा अर्जुन दाहाल चयन छन् ।

बोर्ड अफ डाइरेक्टरमा विश्वराज थापा, नवराज कुँवर, दिनेश कार्की, कृष्णराज खनाल, सुमन दाहाल र सुरेन्द्र सापकोटा चयन भएका छन् ।

वरिष्ठ पत्रकार योगेश उपाध्याय, पुरुषोत्तम दाहाल, बालकृष्ण चापागाईँ, पुरु घिमिरे, विजय घिमिरे महासंघको सल्लाहकारको रुपमा छन् । अमेरिकाको भर्जिनियामा प्रधान कार्यालय रहने महासंघले पत्रकारिता क्षेत्रको लागि स्वतन्त्र तथा निश्पक्ष ढंगले काम गर्ने जनाइएको छ ।

नेपाल, बेलायत, अष्ट्रेलिया, जापान, क्यानडा लगायतका देशमा शाखा विस्तार गर्ने तयारी रहेको विज्ञप्तिमा उल्लेख छ । संस्थामा पेशागत पत्रकारलाई मात्र समावेश गरिने जनाइएको छ । गतिविधिलाई वेबसाइटमा समावेश गरिने उल्लेख छ । नेपाली मात्र नभएर जुनसुकै देशको विदेशी पत्रकारलाई पनि समेटिने महासंघको विधानमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?