+
+

ओमानमा सामाजिक सुरक्षा विशेष कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १५ गते ९:४३

काठमाडौं । नेपाली राजदूतावास, ओमानले पहिलो पटक श्रमिकहरुका लागि सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।

कार्यक्रममा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले सामाजिक सुरक्षा कोष, नेपाल सरकारले चालेका कदमहरू र यसको महत्व बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक श्री विवेक पन्थीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रक्रिया र योजनाको महत्व तथा फाइदाबारे विस्तृत रूपमा प्रकाश पारेका थिए ।

उक्त कार्यक्रमका लागि सामाजिक सुरक्षा कोष, काठमाडौंबाट उपकार्यकारी निर्देशक श्री विवेक पन्थी, , सहायक निर्देशक सुश्री राधिका निरौला र सूचना प्रविधि अधिकृत श्री राजेश चापागाई सम्मिलित तीन सदस्यीय टोली ओमान पुगेका थिए ।

कार्यक्रममा श्रम तथा कन्सलर सम्बन्धी अलग डेक्स खडा गरेर सेवाग्राहीहरुलाई जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा २०० बढी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?