News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले ओमान विरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
- कप्तान रोहित पौडेलले टस जितेर यो निर्णय गरेका छन्।
२२ वैशाख, काठमाडौं । लिग २ क्रिकेट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।
ओमानसँग मंगलबार खेल्दै गर्दा नेपालले कमीकमजोरीहरू सुधार गर्दै पहिलो खेलको हारको बदला लिएर शृंखलामा तेस्रो जित निकाल्ने र सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।
नेपालले आगामी सातादेखि लिग २ का शीर्ष २ टोली अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ र त्यसका लागि जारी शृंखलाको लय महत्त्वपूर्ण हुनेछ ।
लिग २ अंकतालिकामा हाल ओमान २७ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ भने नेपालले २३ खेलमा १६ अंक जोडेर सातौं स्थानमा छ । अर्को टोली यूएईको २४ खेलमा १४ अंक छ ।
यही शृंखलामा यसअघि भएको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । नेपालले यूएईसँगको दुवै खेल जितिसकेको छ । अब ओमानलाई पनि हराएर नेपाल शृंखलामा तेस्रो जितको खोजीमा हुनेछ ।
नेपाल र ओमान हालसम्म ओडीआई फर्म्याटमा ९ पटक आमनेसामने भएका छन् । नेपालले तीन खेल जित्दा पाँच खेलमा पराजित भएको छ । एक खेल रद्द भएको थियो ।
कीर्तिपुरमा भने यी दुई टोली ४ पटक आमनेसामने भएका छन् जसमा नेपालले १ खेल जित्दा ओमानले ३ खेल जितेको छ ।
लिग २ क्रिकेटअन्तर्गत कीर्तिपुरमा भएका खेलमा नेपालले ओमानलाई हराउन सकेको छैन । कीर्तिपुरमा आएको एक जित भने एसीसी प्रिमियर कपको खेलमा थियो ।
प्रतिक्रिया 4