
News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रवृत्ति सम्बन्धी जानकारी दिन वेबिनार आयोजना भयो।
- सांसद डा. स्वर्णिम वाग्ले, मानार्थ महावाणिज्यदूत संजीवकुमार शर्मा लगायतले आ-आफ्नो धारणा राखेका थिए ।
- कार्यक्रममा ३० भन्दा बढी नेपाली विद्यार्थीले सक्रिय सहभागिता जनाए।
काठमाडौं । अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले पाउने छात्रवृत्ति लगायतका बारेमा विविध छलफल भएको छ ।
‘पूर्ण छात्रवृत्तिबारे विशेष शैक्षिक वेबिनार’ नाम दिइएको छलफलमा अस्ट्रेलियामा पाउने पूर्ण छात्रवृत्तिबारे गहन, व्यावहारिक र मार्गदर्शकबारे सहभागीहरूले आ-आफ्नो धारणा राखेका थिए ।
जुममार्फत मंगलबार आयोजित छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले अस्ट्रेलियामा अध्ययन गर्दा पाएको छात्रवृत्ति अनुभव लगायतबारे आफ्नो अनुभव सेयर गरेका थिए । उनी अस्ट्रेलियन नेशनल युनिभर्सिटीका पूर्वविद्यार्थी समेत हुन् ।
कार्यक्रममा नेपाल सरकारका मानार्थ महावाणिज्यदूत संजीवकुमार शर्माले नेपाली विद्यार्थीका लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यसैगरी युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका पूर्व विद्यार्थी एवं प्रवास नेपाल सम्पर्क विभाग अस्ट्रेलियाका अध्यक्ष डा. कृष्ण पौडेलले नेपाली विद्यार्थीलाई दीर्घकालीन लाभ पुऱ्याउने कार्यमा सघाउन आफूहरू तयार रहेको बताए ।
अस्ट्रेलियामा उच्च अध्ययनको सपना बोकेर आएका नेपाली विद्यार्थीलाई छात्रवृत्ति सम्बन्धी आवश्यक जानकारी, प्रेरणा र प्रत्यक्ष मार्गदर्शन प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।
प्रवास नेपाली सम्पर्क विभाग अस्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा विभिन्न देश तथा महादेशबाट ३० भन्दा बढी नेपाली विद्यार्थीको सक्रिय सहभागिता रहेको पौडेलले बताए ।
प्रतिक्रिया 4