Comments Add Comment

समाचार

List Grid
विश्वकपको ट्रफी उचालेपछि सन्यास घोषणा

३२ असार, काठमाडौं । फ्रान्सका डिफेण्डर आदिल रामीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । मार्सेलिएका डिफेण्डर रामीले विश्वकपको ट्रफी उचालेको भोलिपल्ट सन्यास लिएका हुन् । आइतबार राति विश्वकपको फाइनलमा फा्रन्सले क्रोएसियालाई ४-२ ले हराएको खेलमा उनी सब्स्िटच्युटका रुपमा मैदान प्रवेश गरेका थिए । ३२ वर्षका रामीले फा्रन्सका लागि ३५ खेल खेलेका छन् । उनले रुस […]

ग्रिजम्यानले पत्रकार सम्मेलनमै उरुग्वेको झण्डा किन ओढे ?

काठमाडौं । विश्वकप फुटबलको उपाधि जितेपछि आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत हुँदा फ्रेन्च स्ट्राइकर एन्टोनी ग्रिजम्यानले उरुग्वेको झण्डा ओढेको देखियो । ग्रिजम्यानले दक्षिण अमेरिकी राष्ट्र उरुग्वेप्रति आफ्नो झुकाव यसअघि पनि प्रकट गर्ने गरेका थिए । क्वार्टरफाइनलमा उरुग्वेविरुद्ध गोल गर्दा खुसी मनाएनन् । एथ्लेटिको मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने उनको डियगो गोडिन र जोसे गिमेनेजसँग विशेष सम्बन्ध रहेको […]

क्रोयसियालाई फाइनलमा भाग्यले साथ दिएन !

काठमाडौं । विश्वकप फुटबलको फाइनलमा पहिलोपटक प्रयोग गरिएको भीएआर क्रोयसियाका लागि घातक बन्न पुग्यो । इभान पेरिसिकको ह्यान्ड बल फ्रेन्च खेलाडीहरुको अपिलपछि भीएआरमा गयो र रेफ्रीले पेनाल्टीको निर्णय लिए । पेनाल्टीलाई गोलमा परिणत गर्दै एन्टोनी गि्रजम्यानले फ्रान्सलाई २-१ को अग्रता दिलाए । र, अन्ततः क्रोयसियाले  फ्रान्सलाई ४-२ को नतिजा सुम्पियो । फाइनलको दुर्भाग्यले क्रोयसियाका प्रशिक्षक […]

पेलेलाई पछ्याउँदै एम्बाप्पे, बने उत्कृष्ट युवा खेलाडी

काठमाडौं । फ्रान्सका केलियन एम्बाप्पेले पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी बनेका छन् । फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएर विश्वकप जित्दा एम्बाप्पेले पनि गोल गरे । १९ वर्ष २०७ दिनका एम्बाप्पे पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी हुन् । सन् १९५८ को विश्वकपमा गोल गर्दा पेले १७ वर्ष २४९ दिनका थिए । यसअघि […]

मोडरिकको मेस्सीकै नियती ! फाइनल हारे तर, गोल्डेन बल जिते

काठमाडौं । क्रोएसियाका कप्तान लुका मोडरिक विश्वकपका उत्कृष्ट खेलाडी बनेका छन् । शनिबार भएको फाइनलमा क्रोएसिया फ्रान्ससँग ४–२ ले हारेको थियो । तर, मोडरिक उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले गोल्डेन बल जिते । चार वर्ष अघि अर्जेन्टिनाका लिओनल मेस्सीको अवसथा यस्तै थियो । फाइनलमा अर्जेन्टिना जर्मनीसँग हारेको थियो तर, मेस्सीले गोल्डेन बल जितेका […]

कान्टे खेल्दा मैदानमा फ्रान्सका १२ खेलाडी !

३१ असार, काठमाडौं । इंग्ल्याण्डका पूर्वखेलाडी साथै अहिलेका फुटबल पण्डित गेरी लिनेकेरले रसिया विश्वकपमा सबैभन्दा उत्कृष्ट खेलाडी फ्रान्सका एन्जेलो कान्टे रहेको र फाइनलमा उनको प्रभाव देखिने बताएका छन् । पोउल पोग्वासँगै फ्रान्सको मिडफिल्डमा राम्रो खेल देखाइरहेका कान्टेले डिफेन्स र अट्याक दुवैमा उस्तै सहयोग पुर्‍याउन सक्छन् । क्रोएसियासँग आइतबार राति पौने ९ बजे हुने फाइनलमा पनि […]

हजार्डले गरे रियल मड्रिड जाने संकेत

३१ असार, काठमाडौं । विश्वकपमा तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डलाई २-० ले हराएपछि स्टार खेलाडी इडन हजार्डले अब आफूले क्लब फुटबलमा केही नयाँ गर्ने बेला आएको बताएका छन् । उनको भनाइ इंग्लिस क्लब चेल्सी छाडेर स्पेनिस क्लब रियल मड्रिड जानेतिर संकेत गरिएको फुटबल पण्डितहरुको बुझाइ छ । ‘मेरो गन्तव्य के हुने भन्ने तपाईंहरुलाई राम्ररी […]

विश्वकप उपाधि : फ्रान्सले जित्ला कि क्रोएसियाले इतिहास रच्ला ?

३१ असार, काठमाडौं । एक महिनाअघि सुरु भएको विश्वकप फुटबल आज सकिदैछ । विश्वकपको सबैभन्दा महत्वपूर्ण क्षण अर्थात उपाधि जित्ने टिमको छिनोफानो आइतबार राति पौने ९ बजे क्रोएसिया र फ्रान्सबीचको खेलले लगाउनेछ । मस्कोको लुजिन्की रंगशालामा दुवै टिम आफ्नो पुरानो लय कायम राख्न चाहन्छन् । फाइनल खेल फ्रान्सले जितेमा उसले विश्वकप उपाधि संख्या दुई पर्‍याउनेछ […]

इंग्ल्याण्डलाई हराउँदै बेल्जियम बन्यो तेस्रो

काठमाडौं । इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो बनेको छ । शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो । सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमले चौथो मिनेटमा नै थोमस मुनिरको गोलबाट अगता लिएको थियो । प्रभावशाली प्रदर्शन गरेका इडेन हर्जाडले निर्धारित समयको खेल सकिन ७ मिनेट बाँकी छँदा गोल गर्दै जित सुनिश्चित गरे । […]

विश्वकप फाइनल खेलाउने रेफ्री अर्जेन्टिनाका

२९ असार, काठमाडौं । फ्रान्स र क्रोएसियाबीच हुने विश्वकप फुटबलको फाइनल खेल अर्जेन्टिनाका नेस्टोर पिटानाले खेलाउने भएका छन् । आइतबार राति पौने ९ बजे हुने विश्वकप फाइनल खेल मस्कोको लुजिन्की रंगशालामा हुनेछ । रसिया विश्वकपमै यसअघि चार खेल खेलाइसकेका उनलाई लायन्सम्यानमा अर्जेन्टिनाकै हर्नान मेडाना र जुआन पाब्लो बेलाटीले सघाउने छन् । शारीरिक शिक्षाका शिक्षकसमेत रहेका […]

श्रीमतीले मेस्सीभन्दा रोनाल्डो मन पर्छ भनेपछि डिभोर्स !

२९ असार, काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोका कारण विवाह गरेको १४ वर्षपछि एक जोडीको सम्बन्धविच्छेद भएको छ । विश्वकप फुटबलका बेला मेस्सीको खेल नराम्रो भनेर आलोचना गरेपछि रसियामा ४० वर्षका आर्सेनले ३७ वर्षकी श्रीमती लिउडमिलासँग सम्बन्धविच्छेद गरेका हुन् । खेल मन पराउने उनीहरु दुवै जनाको भेट पनि विश्वकपकै बेला भएको थियो […]

क्रोएसियासँग हारे पनि हाम्रो शीर उचो छः हृयारी केन

काठमाडौं । इंग्ल्याण्ड फुटबल समर्थकले फ्रान्ससँगको विश्वकप फाइनल सोचिसकेका थिए । उपाधि घर आउने भयो भनेर उत्साहित भइरहेका बेला एक गोलको अग्रता जोगाउन नसकेर इंग्ल्याण्ड क्रोएसियासँग २-१ ले पराजित भयो । पराजय धेरैलाई विश्वास गर्न कठीन भइरहेको भए पनि उनीहरु यसपटक इंग्ल्याण्ड फुटबलले सफलता पाएको सम्झेर खुसी छन् । समूह चरणमा बेल्जियमसँगको अन्तिम खेल हारेर […]

खेलअघि इंग्ल्याण्ड बलियो, खेलपछि क्रोएसिया

२८ असार, काठमाडौं । विश्वकप सुरु हुनुअघि क्रोएसियालाई कसैले धेरै पर सोचेका थिए भने त्यो क्वार्टरफाइनलसम्म थियो । सेमिफाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराएर क्रोएसियाले आफूलाई कमजोर आँक्नेलाई गतिलो जवाफ दिएको छ । इंग्ल्याण्डविरुद्धको खेलमा ६८ औं मिनेटमा बराबरी गोल गरेका पेरेसिकले पनि कसैले नसोचेको ठूलो उपलब्धी आफूहरुले पाएको बताएका छन् । ‘यो व्याख्या गर्नै सकिदैन […]

इङ्ल्यान्डलाई हराउँदै क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा

२८ असार, काठमाडौं । इङ्ल्यान्डलाई स्तब्ध पार्दै क्रोएसिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा इङ्ल्यान्डलाई २–१ को गोल अन्तरले हराउँदै क्रोएसिया फाइनलमा पुगेको हो । इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको थियो । तर उसको थप यात्रा क्रोएसियाले रोकिदिएको छ । खेलको पाँचौं मिनेटमा कायरन ट्रिपियरले इङ्ल्यान्डका लागि गोल गर्दै शुरुवाती […]

विश्वकपः क्रोएसियाको मिडफिल्ड कि इंग्ल्याण्डको अट्याक ?

काठमाडौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राति पौने १२ बजे इंग्ल्याण्ड र क्रोएसियाबिच प्रतिस्पर्धा हुँदैछ । खेल मस्कोमा रहेको लुजिन्की रंगशालामा हुनेछ । इंग्ल्याण्डले समूह चरणमा ट्युनिसियालाई २–१, पानामालाई ६–१ ले हराएको थियो भने बेल्जियमसँग १–० ले हारेको थियो । अन्तिम १६ मा कोलम्बियासँग १–१ को बराबरीपछि टाइबे्रकरमा ४–३ ले विजयी भएको इंग्ल्याण्डले क्वाटरफाइनलमा […]

इंग्ल्याण्ड भर्सेस क्रोएसिया– के भन्छन् प्रशिक्षक ?

काठमाडौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राति पौने १२ बजे इंग्ल्याण्ड र क्रोएसिया मस्कोमा रहेको लुजिन्की रंगशालामा खेल्दै छन् । समूह चरणदेखि नै अपराजित रहेको क्रोएसिया र यसअघि एक खेल हारेको इंग्ल्याण्डबीचको विजेताले फाइनलमा फ्रान्सको सामना गर्ने छ । क्रोएसियाका प्रशिक्षक जाल्को डेलिक र इंग्ल्याण्डका प्रशिक्षक ग्यारथ साउथगेट आफूहरु संयमित रहेर खेल्ने र फाइनलमा […]

रियलमा रोनाल्डोको स्थान कसले लेला ?

काठमाडौं । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो १ सय १२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएपछि स्पेनिस क्लब रियल मड्रिडले उनको स्थानमा कसलाई ल्याउँछ भन्ने चर्चा सुरु भएको छ । रोनाल्डोले वर्षको २६ मिलियन पाउण्ड पाउने गरी इटालियन च्याम्पियन युभेन्टससँग चार वर्षको सम्झौता गरेका छन् । रोनाल्डो ३३ वर्षको उमेरमा विश्वकै चौथो मंहगा खेलाडी हुँदै युभेन्टस […]

विश्वकप फाइनल खेल्ने सपनामा पनि सोचेको थिइनँः एम्बाप्पे

२७ असार, काठमाडौं । फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्प्सलाई खेलाडी र प्रशिक्षक दुवैको रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बन्न अब एक मात्र जित आवश्यक छ । सन् १९९८ को डेसम्याम्प्सको कप्तानीमा फ्रान्सले विश्वकप जित्दा केलियन एम्बाप्पे जन्मिएका समेत थिएनन् । तर, अहिले डेसम्याम्प्सकै प्रशिक्षिकत्वमा एम्बाप्लेले रुसमा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । मंगलबार बलियो बेल्जियमलाई हराएपछि फाइनलमा […]

१२ वर्षपछि फ्रान्स फाइनलमा, वेल्जियम १-० ले निराश

२७ असार, काठमाडौं । वेल्जियमलाई १- ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । फ्रान्सलाई जिताउन एकमात्र गोल खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गरे । चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम सेमिफाइनलमा फ्रान्ससँग पराजित हुन पुग्यो । वेल्जियमले गोलका केही सुन्दर अवसरहरु पनि सिर्जना गरेको थियो । तर गोल गर्न […]

जर्मनी, अर्जेन्टिना र ब्राजिललाई नफापेको कजान

२६ असार, काठमाडौं । रसिया विश्वकप सुरु हुनु अघिदेखि नै ११ सहरका १२ रंगशालाको विशेष चर्चा भयो । ८१ हजार दर्शक क्षमताको लुजिन्की रंगशालासँगै ३५ हजार दर्शक क्षमताको एकाटेरिङवर्ग रंगशालासम्म दर्शकको नजरमा परे । अहिले विश्वकप सेमिफाइनलसम्म आइपुग्दा विशेष चर्चा भने कजान रंगशालाले पाएको छ । विश्वकप दाबेदारीमा रहेका विशेष तीन टिम जर्मनी, अर्जेन्टिना र […]

रसियन प्रशिक्षकको समर्थन बेल्जियमलाई, भन्छन् – फ्रान्सलाई हराउँछ

२६ असार, काठमाडौं । रसियाका प्रशिक्षक स्टानिस्लाभ चेर्चेस्वोभले विश्वकपमा रसिया क्वार्टरफाइनलबाट बाहिरिएकाले अब आफ्नो समर्थन बेल्जियमलाई रहने बताएका छन् । विश्वकप फुटबलमा मंगलबारदेखि सेमिफाइनलका खेल हुँदै छन् । राति पौने १२ बजे हुने पहिलो सेमिफाइनलमा बेल्जियमले फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । प्रशिक्षक चेर्चेस्वोभले आफ्नो इच्छा बेल्जियमले सेमिफाइनल मात्रै नभएर विश्वकपको उपाधि नै उचालोस् भन्ने रहेको बताएका […]