
माइकल लेभिट
नेदरल्याण्ड्स, ब्याट्समेन

नेदरल्याण्ड्सका ओपनिङ ब्याटर लेभिटले अन्तराष्ट्रिय क्रिकेटमा सन् २०२४ मा नेपालमा नेपालसँगकै खेलबाट डेब्यू गरेका हुन् । २१ वर्षीय दाँयाहाते ब्याटर बिस्फोटक ओपनिङका लागि परिचित छन् । उनको ओडीआई र टी–२०आई डेब्यू नेपालविरुद्ध त्यो पनि त्रिविस्थित कीर्तिपुर मैदानमै थियो । ओडीआई डेब्यू खराब रहे पनि टी–२०आई डेब्यू भने लेभिटका लागि सुखद् रह्यो । ३६ बल खेल्दै ५४ रन जोड्ने क्रममा उनले ५ चौका र ३ छक्का हिर्काएका थिए । नेदरल्याण्ड्सका लागि उनले बनाएको ५४ रन नै सबैभन्दा उच्च थियो । डेब्यूमै हाफ सेन्चुरी बनाएका लेभिटको टिमले त्यतिबेला २ रनको रोमाञ्चक जित निकालेको थियो । यतिमात्रै होइन नेपालविरुद्ध खेलेको भोलिपल्टै कीर्तिपुर मैदानमै २९ फ्रेबुअरीमा लेभिटले नामिबियाविरुद्ध शतक नै हाने । ६२ बलको सामना गरेका उनले ११ चौका र १० छक्काको मद्दतमा १३५ रन हानेका थिए । टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा एकै इनिङमा बढी रन हान्नेको उनी विश्वको सातौं पोजिसनमा छन् । डेब्यू गरेको दोस्रो खेलमै १३५ रन बनाउने उनी पहिलो डच खेलाडी बनेका थिए । उनले नेदरल्याण्ड्सका लागि टी२०आईमा १८ खेलमा ५५२ रन बनाएका छन् । उनले अन्य टी२० लिगहरू भने खेल्न बाँकी छ । नेपाल प्रिमियर लिगबाट नै उनको टी२० फ्रेन्चाइज लिगमा डेब्यू हुनेछ । उनले मिडियम पेस बलिङ पनि फाल्न सक्छन् र २ विकेट पनि लिएका छन् ।
Read Full
प्लेयर्स टु वाच



