सुजन थपलिया
नेपाल, ब्याट्समेन
नेपाल, ब्याट्समेन सुजन थपलिया नेपाली घरेलु क्रिकेटका एक स्थापित, प्रभावशाली बायाँ हाते ब्याटर तथा अलराउन्डर हुन्। झापाको शिवसताक्षीमा जन्मिएका उनी हाल दमकलाई आधार बनाएर क्रिकेटमा सक्रिय छन्।
घरेलु क्रिकेटमा कोशी प्रदेश टोलीको कप्तानी सम्हाल्दै आएका सुजनले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो टोलीको नेतृत्व गरिसकेका छन्।
उनको खेल जीवनको सबैभन्दा ठुलो र चर्चित इनिङ्स प्रधानमन्त्री कपकै क्रममा बलियो विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध रह्यो, जहाँ उनले १२३ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै १०५ रनको सानदार शतकीय इनिङ्स खेलेका थिए।
कोशी प्रदेश र विभिन्न स्थानीय क्लबहरूबाट सानदार प्रदर्शन गरेपछि उनले राष्ट्रिय टोलीको ढोका ढकढक्याउँदै सन् २०२४ को फेब्रुअरीमा क्यानडाविरुद्ध नेपाल ‘ए’ टोलीबाट खेल्ने अवसर समेत पाएका थिए।
उनको यही लय र परिपक्व खेलका कारण नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को अक्सनमा उनलाई विराटनगर किङ्सले ४ लाख २५ हजार रुपैयाँ खर्चिएर आफ्नो टोलीमा आबद्ध गराएको छ।
मैदानमा विस्फोटक ब्याटिङ, आवश्यकता अनुसार विकेटकिपिङ वा मध्यम गतिको बलिङ गर्न सक्ने बहुआयामिक प्रतिभाका धनी सुजन खेलाडीका साथै क्रिकेट प्रशिक्षकका रूपमा समेत स्थानीय स्तरमा युवा प्रतिभाहरूलाई निखार्न सक्रिय छन्।
Read Fullप्लेयर्स टु वाच

















