सैफ अली जैब
इंग्ल्याण्ड, अलराउण्डर
इंग्ल्याण्ड, अलराउण्डर
Full Name:
सैफ अली जैब
Nationality:
इंग्ल्याण्ड
Position:
अलराउण्डर
जैबले पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए जहाँ टोलीका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी थिए ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका उनले प्रतियोगितामा ९ खेलमा २ अर्धशतकसहित २७५ रन बनाए भने १२ विकेट पनि लिए ।
राष्ट्रिय टोलीबाट नखेले पनि इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्ने गरेका छन् । बाँयाहाते ब्याटिङ गर्ने उनले टी२०मा ९८ खेलमा १४० माथिको स्ट्राइक रेटले १६०० भन्दा बढी रन बनाएका छन् ।
भाइटालिटी ब्लास्टमा मात्रै उनले १४०० भन्दा धेरै रन बनाएका छन् । त्यस्तै स्लो लेफ्ट आर्म बलिङ गर्ने उनले १८ विकेट पनि लिएका छन् ।
उनले बकिङहामसायरको उमेर समूहसहित सिनियर टिम तथा नर्थहाम्पटनसायरबाट खेलेका छन् । त्यस्तै द हन्ड्रेड क्रिकेटमा वेल्श फायर र नर्थन सुपरचार्जर्सबाट खेलेका छन् ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन

















