अनिल खरेल
नेपाल, बलर
नेपाल, बलर रुपन्देही भैरहवाका अनिल खरेल स्पीनर हुन् । उनी बायाँहाते स्पीनर हुन् । २५ वर्षीय अनिल खरेल एनपीएल तेस्रो सिजनका लागि अक्सनबाट सुदूरपश्चिम रोएल्समा अनुबन्ध भएका खेलाडी हुन् । पहिलो सिजन पूर्वको टिम विराटनगर किंग्सबाट खेलेका उनी दोस्रो सिजन अक्सनमा अनसोल्ड भएको थियो । तर तेस्रो सिजनमा भने सुदूरपश्चिमले खरेललाई अक्सनबाट टिममा अनुबन्ध गरेको हो ।
बीचमा केही समय अनिलले अष्ट्रेलियामा गएर त्यहाँको स्थानिय क्रिकेट प्रतियोगिता पनि खेलेका थिए ।
नेपालको उमेर समूहको प्रतिनिधित्व गरिसकेका अनिलले डीपीएलमा एक्सपर्ट धनगढी र रुपन्देही च्यालेन्जर्सबाट खेलिसकेका छन् ।
सन् २०१४ मा मलेसियामा भएको एसीसी यू-१६ प्रतियोगितामा १३ वर्षको उमेरमै १३ विकेट लिँदै अनिल खरेल चर्चामा आएका थिए । जहाँ उनले ओमान विरुद्ध १६ रन खर्चेर ६ विकेट लिएका थिए । जसमा उनी मोस्ट प्रोमिसिङ प्लेअर अफ दि टुर्नामेन्ट चुनिएका थिए । सन् २०२२ मा भएको प्राइम मिनिसटर कप टी२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा अनिल खरेल बेस्ट बलर समेत घोषित भएका थिए ।
Read Fullप्लेयर्स टु वाच



















