जिशान आलम
बंगलादेश, अलराउण्डर
बंगलादेश, अलराउण्डर जिशन अलाम बंगलादेशका प्रतिभावान् ओपनिङ ब्याटर तथा राइट-आर्म अफब्रेक बलिङ गर्ने अलराउन्डर हुन्। २१ वर्षीय जिशान पावर-प्ले ओभरमा विपक्षी बलरहरू विरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै ठुला सटहरू खेल्न सक्ने आफ्नो उत्कृष्ट ‘पावर-हिटिङ’ क्षमताका लागि चर्चित छन्।
उनले बंगलादेशको यु–१९ टोली हुँदै घरेलु क्रिकेटमा ढाका डिभिजन तथा बंगलादेश ‘ए’ र बंगलादेश हाई-पर्फमेन्स टोली बाट अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छाप छाडिसकेका छन्।
सन् २०२४ को यु–१९ विश्वकपमा नेपालविरुद्ध नै सानदार ५५ रनको आक्रामक अर्धशतकीय इनिङ्स खेलेर चर्चामा आएका जिशनले घरेलु क्रिकेटमा लिष्ट ‘ए’ तर्फ ४९ खेल खेल्दै १,२९५ रन र २७ टिट्वान्टी खेलहरूमा १३८.९२ को लोभलाग्दो स्ट्राइक रेटमा ५७१ रन (१ शतकसहित) बनाइसकेका छन्।
नेपाल प्रिमियर लिग २०२६ मा उनलाई कर्णाली याक्सले आफ्नो तेस्रो खेलअघि टोलीमा भित्र्याएको थियो । उनी कर्णाली याक्समा आबद्ध हुने तेस्रो बंगलादेशी खेलाडी बने, जहाँ उनीसँगै अकबर अली र अरिफुल इस्लाम जस्ता खेलाडी रहेका छन्।
टोलीका अध्यक्ष गृहेन्द्र घिमिरेका अनुसार पछिल्लो समय उत्कृष्ट फर्ममा रहेका जिशनको आगमनले कर्णाली याक्सको शीर्ष क्रम ब्याटिङलाई अझ बढी आक्रामक र मजबुत बनाउनेछ।
Read Fullप्लेयर्स टु वाच



















