+
Home › Sports › Cricket › रायन बर्ल

रायन बर्ल
जिम्बाब्वे, अलराउण्डर

Full Name: रायन बर्ल
Nationality: जिम्बाब्वे
Position: अलराउण्डर

जिम्बाब्वेका ३२ वर्षीय रायन बर्ल बायाँहाते तल्लो-मध्यक्रमका ब्याटर तथा उपयोगी लेगस्पिनर हुन्। विद्यालय जीवनमा स्क्वास खेल्न रुचाउने उनी टिम गेमको भावना र लगावका कारण क्रिकेटतर्फ आकर्षित भएका थिए।

ग्यारी ब्यालेन्स, साम करान र टम करान जस्ता दिग्गज खेलाडी उत्पादन गरेको प्रसिद्ध पिटरहाउस ब्वाइज स्कुलबाट क्रिकेटको सुरुआत गरेका बर्लले सन् २०१४ मा घरेलु क्रिकेट (लोगन कप) मा सानदार ब्याटिङ प्रदर्शन गर्दै आफ्नो छाप छाडेका थिए।

अफगानिस्तान ‘ए’ विरुद्ध शतक र दुई अर्धशतक प्रहार गरेपछि सन् २०१७ मा जिम्बाब्वेको राष्ट्रिय टोलीमा डेब्यु गरेका बर्लले सोही वर्ष दक्षिण अफ्रिकाविरुद्ध टेस्ट डेब्युसमेत गरेका थिए।

सीमित ओभरको क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित उनले सन् २०२२ मा बंगलादेशविरुद्ध मात्र २८ बलमा ५४ रनको विष्फोटक इनिङ्स खेल्दै टी-२०आई शृंखला जिताउन मुख्य भूमिका खेलेका थिए।

सोही वर्ष अस्ट्रेलियाविरुद्ध टाउन्सभिलमा भएको एकदिवसीय खेलमा ३ ओभरमा १० रन दिएर ५ विकेट लिँदै उनी जिम्बाब्वेलाई अस्ट्रेलियाली भूमिमा ऐतिहासिक जित दिलाउने नायक बनेका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटका साथै बीपीएल र अफगानिस्तानको स्पागिजा क्रिकेट लिग जस्ता विभिन्न टी–२० लिगहरूको अनुभव बोकेका बर्ल तल्लो क्रममा विष्फोटक ब्याटिङ र लेगस्पिन बलिङका साथ टोलीको सन्तुलन मिलाउने एक भरपर्दा अलराउन्डर मानिन्छन्।

उनले १३२ टी-२०आई खेलमा ६ अर्धशतकसहित २ हजार २६५ रन जोडेका छन् भने ६२ विकेट पनि लिएका छन्। समग्र टी-२० क्रिकेटमा २१६ खेल खेल्दै १४ अर्धशतकसहित ४ हजार ५९ रन बनाउनुका साथै १६७ छक्का प्रहार गरेका उनले ९७ विकेट समेत लिएका छन्।

तेस्रो सिजनको नेपाल प्रिमियर लिगमा उनी जनकपुर बोल्ट्समा आबद्ध भएका थिए ।

Read Full