शेहान जयसूर्या
श्रीलंका, अलराउण्डर
श्रीलंका, अलराउण्डर शेहान जयसूर्या श्रीलंकन मूलका अनुभवी अमेरिकी ब्याटर हुन्। बायाँ हाते ओपनर ब्याटर जयसूर्याले १८ वर्षको उमेरमा पुलिस स्पोर्ट्स क्लबबाट प्रथम श्रेणी क्रिकेटमा डेब्यु गरेका थिए।
ब्याटिङसँगै उपयोगी अफ स्पिन बलिङ गर्ने क्षमता भएका उनले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंका यू–१९ टोलीमा स्थान बनाएका थिए।
जयसूर्याले सन् २०१५ मा श्रीलंकाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। उनले श्रीलंका र अमेरिकाको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन्। पछिल्लो समय उनी अमेरिकाको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा उनले २३ एकदिवसीय खेलमा ६९६ रन बनाउनुका साथै ७ विकेट लिएका छन्। त्यस्तै, १८ टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले २४१ रन बनाएका छन् भने ३ विकेट पनि लिएका छन्।
बायाँ हाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने क्षमता भएका जयसूर्या विराटनगरका लागि ब्याटिङसँगै बलिङमा पनि उपयोगी खेलाडी बन्न सक्छन्।
Read Fullप्लेयर्स टु वाच


















