Comments Add Comment

अक्सिजन सिलिण्डर

List Grid
कर्णाली सरकारले सुर्खेत र कालिकोटमा अक्सिजन रिफिलिङ स्थापना गर्ने 

१२ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेत र कालिकोटमा अक्सिजन सिलिण्डर भर्ने रिफिलिङ स्थापना गर्ने भएको छ । प्रदेशमा अक्सिजनको दिगो र भरपर्दो आपूर्तिलाई सुनिश्चित गर्न सुर्खेत र कालिकोटमा रिफिलिङ सिस्टमको स्थापना गर्ने सोमबारको प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । ‘अक्सिजनको अभाव हुन नदिन सरकारले दुई जिल्लामा रिफिलिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको […]

घरमा राखेको अक्सिजन सिलिन्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

१२ जेठ, काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न अनुरोध गरेका छन् । उनले अक्जिसनको आपूर्ति […]

फेसबुकमा भाइरल तस्वीरः पोर्तेल भन्छन् – यहाँहरुको चिन्तालाई मनन् गरिनेछ

९ जेठ, कनकाई (झापा) । अहिले सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्वीर भाइरल भइरहेको छ, जसमा एउटा अक्सिजन सिलिण्डर पाँच जनाले हस्तान्तरण गर्दै गरेको जस्तो देखिन्छ । एउटा सिलिण्डर दिएको तस्वीर खिचाएर थुप्रैले जस लिन खोजेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । तर यो तस्वीर कहाँको हो भन्ने चाहिँ धेरैलाई थाहा छैन । खासमा यो […]

बेइजिङबाट नेवानिले ल्यायो थप ९७५ अक्सिजन सिलिण्डर

३ जेठ, काठमाडौं । नेपाल वायुसेवा निमगको वाइडबडी जहाले आइतबार र र सोमबार गरि थप ९७५ वटा अक्सिजन सिलिण्डर चीनको राजधानी बेइजिङबाट काठमाडौं ल्याएको छ । यससँगै अब चीनबाट कुल १३७५ वटा सिलिण्डर नेपाल आएका छन् । नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार यो तीन उडानबाट नेपाल ल्याइएको हो । यी उडानाबट कुल १५७ […]

खोइ चिनियाँ सिलिन्डर ? सांसदले लगे !

२ जेठ, काठमाडौं । चीन सरकारले अनुदानमा दिएको ४०० अक्सिजन सिलिन्डर काठमाडौं आइपुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाले १३ वटा अस्पताललाई भाग लगायो । तर अधिकांश अस्पतालले विभागले तोकेअनुसार चिनियाँ सिलिन्डर नपाएको भेटिएको छ । २८ वैशाखमा स्वास्थ्य सेवा महाशाखाले विभागलाई पठाएको पत्रअनुसार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जलाई ५० वटा सिलिन्डर तोकिएको छ । […]

ओमानका श्रमिकले पठाएका ५६० अक्सिजन सिलिण्डर हस्तान्तरण

२ जेठ, काठमाडौं । नेपालको कोभिड महामारीमा सघाउन मध्यपूर्वी मुलुक ओमानमा रहेका नेपाली श्रमिकहरुले खरिद गरेका ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने यी सिलिन्डर आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । मध्यपूर्वमा रहेका नेपालीहरु एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका […]

चिनियाँ अक्सिजन सिलिण्डर घरमा थुपारेको आरोप खेप्ने सांसद को हुन् ?

२ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डरका केही थान सांसदको घरमा भेटिएको भन्दै सामाजिक सन्जालमा पोष्ट गरिएको एक भिडियो अहिले भाइरल छ । भिडियोमा निलो रंगका सिलिण्डरहरु भुइँतलाको भर्‍याङसँगै राखिएको देखिन्छ । जनताले अक्सिजन सिलिण्डर नपाएर अस्पतालमा ज्यान गुमाइरहेको बेला सांसदले घरमा अक्सिजन सिलिण्डर थुपारेको भन्दै आक्रोश व्यक्त गरेको आवाज सो भिडियोमा सुनिन्छ […]

दोस्रो खेप स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै

१ जेठ, काठमाडौं । चिनियाँ अनुदानका अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार फेरि बेइजिङ जाँदै छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार वाइडबडी जहाज शनिबार साँझ बेइजिङ उड्दैछ । यो जहाजले कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्टे«टर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने छ । […]

पहिलो खेपमा चीनबाट थोरै अक्सिजन सिलिण्डर किन आयो ?

१ जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले २८ वैशाखमा चीनको राजधानी बेइजिङबाट ४०० थान अक्सिजन सिलिण्डर काठमाडौं ल्यायो । जहाजमा १६० अक्सिजन कन्सन्ट्रेटर, १० थान भेन्टिलेटर गरी कुल २६ टन मात्र सामान नेपाल आयो । वाइडबडी जहाजको क्षमता ३५ टनसम्म कार्गो बोक्न सक्ने हो । तर, किन क्षमता भन्दा कम सामान नेपाल आयो […]

कुन अस्पताललाई कति सिलिण्डरको कोटा ? (सूचीसहित)

३१ वैशाख,काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले काठमाडौं उपत्यका र काभ्रेका कोभिड अस्पताल एवं आइसोलेसन केन्द्रका लागि दैनिक अक्सिजनको कोटा निर्धारण गरेको छ । बुधबारबाट लागू भएको उक्त कोटाअनुसार उपत्यकाका ८ वटा अक्सिजन उद्योगले १११ अस्पताल तथा आइसोलेसन सेन्टरका लागि ७ हजार ४७३ वटा ठूलो सिलिण्डर अक्सिजन आपूर्ति गर्नुपर्नेछ । अस्पताल […]

अक्सिजन कन्सन्ट्रेटरः के हो ? कसरी प्रयोग गर्ने, सिलिण्डर राम्रो कि कन्सन्ट्रेटर ?

काठमाडौं । कोरोना संक्रमित बिरामीको संख्या बढेसँगै अत्यावश्यक अक्सिजनको अभाव चुलिएको छ । सिंगो सरकारदेखि अस्पताल सन्चालक र बिरामीका आफन्तहरु अक्सिजनको जोहो गर्न भौंतारिरहेका छन् । सरकारले भएका अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा चलाउने र अक्सिजन उत्पादनलाई तीव्रता दिने निर्णय गरिसकेको छ । अक्सिजन उद्योगहरुमा सिलिण्डर भर्नका लागि लाइन लाग्नुपर्ने बाध्यता आइसकेको छ । पहिले अक्सिजन […]

नेपाल पठाउन खाडीमा रहेका नेपालीले खरिद गरे ६ सय अक्सिजन सिलिण्डर

२९ वैशाख, काठमाडौं । नेपालको कोभिड महामारीमा सघाउन मध्यपूर्वी मुलुकमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर खरिद गरेका छन् । प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन) का अध्यक्ष विकल झाले अनलाईनखबरलाई बताए । खाडी मुलुकका सबै नेपालीको स्वतस्फूर्त आर्थिक सहयोग हुनेगरी सिलिण्डर […]

‘अस्पतालले मागेजति अक्सिजन जसरी पनि पुर्‍याउँछौं’

२८ वैशाख, काठमाडौं । पछिल्लो समय देशभरका अस्पतालमा अक्सिजनको अभाव छ । अक्सिजन अभावमा कतिपय अस्पतालहरूले कोभिडका बिरामी भर्ना गर्न नसक्ने भन्दै सार्वजनिक सूचना नै जारी गरेका छन् । कति अस्पतालले अक्सिजनको जोहो नहुँदा उपचाररत बिरामीलाई अन्यत्र पठाउँदा बाटैमा मृत्यु भएका समाचार सार्वजनिक भएका छन् । धेरै अस्पतालले अक्सिजन अभावमा उपचार सम्भव नभएको भन्दै हात […]

प्रहरीले देशभरबाट खोज्यो ५ हजार ४३२ अक्सिजन सिलिण्डर

२७ वैशाख, काठमाडौं । कोरोना महामारीको बढ्दो संक्रमणका बीच नेपाल प्रहरीले देशभरबाट विभिन्न व्यवसायिक प्रयोजनमा रहेको ५ हजार ४३२ वटा अक्सिजन सिलिण्डर संकलन गरेको छ । सोमबार  तथ्यांक सार्वजनिक गर्दै नेपाल प्रहरीले यस्तो जानकारी गराएको हो । प्रहरीले देशभरबाट १४४१ भरि सिलिण्डर र ३९९१ सिलिण्डर खाली संकलन गरेको जानकारी गराएको छ । संकलन भएका सिलिण्डरमध्ये […]

अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै

२७ वैशाख, काठमाडौं । चिनियाँ अनुदानको अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सोमबार चीनको राजधानी बेइजिङ जाँदै छ । नेपाल एयरलाइन्सका अधिकारीका अनुसार वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ प्रस्थान गर्ने छ । अक्सिजन सिलिण्डर बोकेर सो जहाज भोलिपल्ट दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्ने छ । चीनले नेपाललाई २० हजार […]

भक्तपुर प्रहरीले बाँड्यो ९५ थान अक्सिजन सिलिण्डर

२६ वैशाख, काठमाडौं । भक्तपुरका तीन र ललितपुरको एक गरी चार अस्पतालमा ९५ थान अक्सिजन सिलिण्डर वितरण गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भक्तपुर इन्टरनेशन अस्पताल लोकन्थलीमा १२, भक्तपुर अस्पतालमा ५५ र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ थान अक्सिजन सिलिण्डर वितरण गरिएको सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए […]

२७ वैशाखमा अक्सिजन सिलिण्डर लिन वाइडबडी बेइजिङ जाने

२४ चैत, काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २७ वैशाखमा चीनको राजधानी बेइजिङ जाने निश्चित भएको छ । नेपाल एयरलाइन्स स्रोतका अनुसार जहाज २७ गते गएर २८ गते काठमाडौं फर्कने भएको छ । यो जहाजले एक पटकमा ४ सय सिलिण्डर ल्याउन सक्ने प्राविधिक अध्ययनबाट देखिएको छ । साथमा […]

ललितपुरका चार अस्पताललाई अक्सिजन सिलिण्डर

२३ वैशाख, काठमाडौं । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ललितपुरले चार वटा अस्पताललाई बिहीबार अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । विभिन्न प्रतिष्ठान तथा कवाडी पसलहरुबाट संकलित अक्सिजन सिलिण्डर कोरोना संक्रमित बिरामीको उपचार गराइरहेका ४ वटा अस्पताललाई वितरण गरिएको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान […]

उद्योगमा होल्ड भएका सिलिन्डर उठाउन प्रहरी परिचालन

२३ वैशाख, काठमाडौं । औद्योगिक प्रयोजनमा लगेर फिर्ता नभएको अक्सिजन सिलिण्डर उठाउन प्रहरी परिचालन भएको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयका सचिवबीचको छलफलपछि प्रहरी परिचालन गरेर औद्योगिक प्रयोजनमा रहेको अक्सिजन सिलिण्डर उठाउने निर्णय भएको उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले अनलाइनखबरलाई बताए । बारम्बार अपिल गर्दा पनि उद्योगले सिलिण्डर फिर्ता नगरेपछि […]

सेती प्रादेशिक अस्पताललाई ९८ वटा अक्सिजन सिलिण्डर सहयोग

२० वैशाख, धनगढी । सुदूरपश्चिममा अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन थालेपछि ह्युमानिटी फाउण्डेसनले यहाँका अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गर्न थालेको छ । फाउण्डेसनले सोमबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई नेपालगञ्जबाट खरिद गरेर ल्याइएका ९८ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य समेत रहेका महासचिव दीर्घराज उपाध्यायले फाउण्डेसनमा आवद्ध सदस्यहरुको व्यक्तिगत […]

अक्सिजन सिलिण्डरको भन्सार शुल्क मिनाहा गर्न अर्थलाई स्वास्थ्य मन्त्रालयको प्रस्ताव

१३ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिण्डर र त्यसका लागि आवश्यक पर्ने उपकरण आयात सहज बनाउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । कोभिड संकट गहिरिँदै जाँदा हुनसक्ने अक्सिजन अभाव चिर्न अक्सिजन ग्यासको सिलिण्डर र त्यसका लागि आवश्यक पर्ने उपकरणमा भन्सार महसुल, अन्तशुल्क र भ्याट मिनाहा गर्न स्वस्थ्य मन्त्रालयबाट प्रस्ताव आएको अर्थ मन्त्रालयले […]