Comments Add Comment

आकाश श्रेष्ठ

List Grid
‘संझना विर्सना’मा पूजाको यस्तो लुक्स

भारतको सिलगुडीमा चलचित्र ‘संझना विर्सना’को छायांकन धमाधम चलिरहेको छ । यो चलचित्रमा नायक आकाश श्रेष्ठ, नायिका पूजा शर्मा, कलाकार शिशिर राणा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा नायिका पूजा शर्मा ‘संझना’को भूमिकामा देखिएकी छिन् । पूजा आफैले नै आफ्नो चलचित्रको नाम र लुक्स सार्वजनिक गरेकी छिन् । चलचित्रमा पूजा कतै लजालु यूवतीको भूमिकामा देखिएकी […]

पूजा र आकाशको ‘संझना विर्सना’

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले पर्दामा चौथो पटक सहकार्य गर्ने भएका छन् । पूजा र आकाशको मुख्य भूमिका रहने चलचित्र ‘संझना विर्सना’को आज शुभसाइत गरिएको छ । भद्रकाली मन्दिरमा पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । यो चलचित्र पूर्ण रुपमा प्रेम कथामा बन्नेछ । चलचित्रको छायांकन दार्जिलिङ्ग, सिक्किम र नेपालमा हुनेछ । निमेष […]

आकाशको आशा

नेपाली चलचित्रमा नायक आकाश श्रेष्ठ आफ्नो भविष्य खोजिरहेका छन् । चलचित्र ‘म त तिम्रै हुँ’बाट डेब्यू गरेका आकाश अहिले नायिका पूजा शर्मासँग निरन्तर चलचित्र गरिरहेका छन् । बक्स अफिसमा आकाश अभिनित चलचित्रको व्यापार हालसम्म सुखद भने छैन । उनी कात्तिक ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पोई पर्यो काले’बाट बढी आशावादी छन् । आकाश आफू […]

पूजा–आकाशको जमेको जोडी

कात्तिक ८ गतेबाट नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनित चलचित्र ‘पोई पर्यो काले’ रिलिज हुँदैछ । यो चलचित्रमा पूजा र आकाशसँगै सौगात मल्ल र श्रृष्टी श्रेष्ठको केमेष्ट्री पनि देख्न सकिन्छ । पूजा र आकाश प्रेममा छन् भन्ने चर्चा चलचित्र बजारमा चल्न थालेको छ । तर, पूजा र आकाश यो कुरालाई स्विकार गर्न तयार […]

पूजा–आकाश भन्छन्–‘एक अर्कालाई सिफारिश गर्दैनौ’

नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा अभिनित चलचित्र ‘पोई पर्यो काले’ कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रलाई लिएर दुबै कलाकार उत्साहित छन् । कथावस्तु निकै मन परेकाले पनि यी दुइले यो चलचित्र साइन गरेको बताए । बजारमा पूजा र आकाशले लगातार चलचित्रमा काम गर्दा विभिन्न खालका चर्चा समेत चल्ने गरेका छन् । […]

फ्यानले वर्षालाई सोधे–‘के पूजा र आकाशको प्रेम छ ?’

नायिका वर्षा राउतले कहिलेकाही सामाजिक संजाल इन्स्टाग्राममा फ्यानका प्रश्नको जवाफ दिने गरेकी छिन् । तर, यसपटक भने उनलाई एकजना फ्यानले अचम्मको कुरा सोधे । नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मासँग नजिक रहेकाले पनि वर्षालाई फ्यानले यी दुइको प्रेम सम्बन्धको बारेमा प्रश्न सोधेको हुनुपर्छ । वर्षालाई फ्यानको प्रश्न थियो–‘आकाश र पूजा प्रेममा छन् भन्ने सुनिन्छ […]

‘पोइ पर्‍यो काले’को शीर्ष गीतमा सौगात र आकाशसँग पूजा–श्रृष्टीको छमछमी

बालाजुमा रहेको, चलचित्र विकास कम्पनीको खुम्चिएको जग्गा । सोही जग्गामा टिनले बारेर बनाइएको एउटा स्टूडियो । सोही स्टूडियो भित्र भव्य सेट लगाएर चलचित्र ‘पोइ पर्‍यो काले’को शीर्ष गीतको छायाँकन भइरहेको थियो । चलचित्रको शीर्ष गीतमा मुख्य कलाकार सबैलाई स्थान दिइएको छ । नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धरको साथमा नायिकाद्धय पूजा शर्मा र श्रृष्टी […]

दर्शकले हाम्रो जोडीलाई मन पराउनुभएको छः पूजा–आकाश

शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘पोई पर्यो काले’को हाल धमाधम डबिङ चलिरहेको छ । चलचित्रको एउटा गीतको छायांकन भने बाँकी नै छ । कात्तिक ८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । चलचित्रको डबिङमा पुग्दा मुख्य नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा व्यस्त देखिएका थिए । निर्देशक शिशिर राणाले कमेडी तथा सामाजिक […]

मैले आकाशलाई रिफर गरेको होइनँः पूजा

नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको जोडीलाई दर्शकले सर्वाधिक रुचाउँछन् । यी दुइलाई लिएर फ्यानमा देखिने उत्साह पनि गज्जबकै छ । आकाश र पूजाले तेश्रो प्रोजेक्टको रुपमा ‘पोई पर्यो काले’मा एकसाथ काम गर्दैछन् । यसैले पनि यतिबेला, यो जोडीको चर्चा फेरि सुरु भएको छ । यो चलचित्रका लागि नायिका पूजा शर्माले नै आकाशलाई रिफर […]

आकाशको तस्बिर हेरेरै चित्त वुझाउँदै पूजा ?

गायिका निशा कँडेल र गायक सनुप पौडेलको आवाजमा समावेश ‘तस्बिर’ बोलको गीत सार्वजनिक भएको छ । बिष्णुबाबु देवकोटाको शब्द रहेको यो गीतमा टिका दाहालको संगीत छ । यो गीतको भिडियोलाई निकेश खड्काले निर्देेशन गरेका हुन् । भिडियोमा वुद्ध थापाको छायांकन छ । यो गीतको भिडियोमा चलचित्रको पर्दामा दर्शकले निकै रुचाएको नायक आकाश श्रेष्ठ र नायिका […]

फ्यानमाझ पूजाको यस्तो क्रेज

नायिका पूजा शर्माले यस अगाडि आफ्ना जन्मदिन धेरै पटक मनाइन् होला । तर, २७ औं बर्षमा प्रवेश गर्दै गर्दा उनको जन्मदिन विशेष रहन पुग्यो । नायिका पूजा शर्माले आफ्ना फ्यानहरुमाझ जन्मदिन सेलिव्रेशन गरेकी छिन् । काठमाण्डौको एक रेष्टुरेन्टमा फ्यानहरुकै आयोजनामा पूजा र नायक आकाश श्रेष्ठले केक काटे । नायिका शर्माले फ्यानहरुमाझ केक काट्दै भनिन्–‘मलाई यति […]

‘पोई पर्यो काले’मा पूजाको जोडी सौगात

जेठबाट छायांकनमा जान लागेको चलचित्र ‘पोई पर्यो काले’ नामकै कारण चर्चामा छ । अझ, यो चलचित्रमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ भित्रिएपछि चलचित्रले चर्चा पाएको हो । चलचित्रका लागि पूजाले २० लाख र आकाशले १८ लाख पारिश्रमिक लिइसकेका छन् । अब, यो चलचित्रमा नायक सौगात मल्लको पनि इन्ट्री भएको छ । चलचित्रमा सौगात […]

‘पोई पर्यो काले’मा पूजा र आकाश अनुवन्धित, पूजाले लिइन् २० लाख पारिश्रमिक

चलचित्र ‘तिमी सँग’का निर्देशक शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्र ‘पोई पर्यो काले’मा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा फाइनल भएका छन् ।  उनीहरुले आज एकसाथ चलचित्रमा संझौता गरेका छन् । चलचित्रको छायांकन जेठबाट सुरु हुनेछ । चलचित्रको बिषयमा बोल्दै निर्देशक राणाले भने–‘यो चलचित्र रुप भन्दा पनि मन राम्रो हुनुपर्छ […]

‘सम्हालिन्छ कहिले मन’को लण्डन सुटिङ सकेर फर्किए पूजा र आकाश

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को टिम लण्डनको छायांकन सकेर नेपाल फर्किएको छ । मंगलबार बेलुकी त्रिभुवन विमानस्थलमा चलचित्रका मुख्य कलाकार पूजा शर्मा, नायक आकाश श्रेष्ठ र निर्देशक सुदर्शन थापालाई फ्यानले स्वागत गरेका थिए । विमानस्थलमा मिडिया कुराकानीमा निर्देशक थापाले भने–‘हाम्रो करिब ९५ प्रतिशत छायांकन लण्डनमा सकिएको छ । अब, केही बाँकी छायांकन नेपालको मुस्ताङ र भारतमा […]

लण्डनमा सुरु भयो ‘सम्हालिन्छ कहिले मन’को छायांकन

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन बेलायतको राजधानी लण्डनमा सुरु भएको छ । करिब ५० दिनको छायांकन सेड्यूलको साथमा यसका कलाकार र निर्माण टिम केही दिन अघि मात्र लण्डन पुगेको थियो । छायांकन अगाडि चलचित्रका कलाकार र टिमले क्यामेरा पूजा गरेका थिए । पूजा सकेर चलचित्रको छायांकन सुरु गरिएको हो । नायिका पूजा शर्मा र नव–नायक […]

लण्डन उड्दै गर्दा पूजा र आकाशले भने–‘एकसाथ काम गर्दा सहज महशुश गर्छौ’

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकनका लागि नायिका पूजा शर्मा, नायकद्धय आकाश श्रेष्ठ र सोनम तोप्देन लण्डन पुगेका छन् । यो चलचित्रको छायांकन करिब २ महिना लण्डनमा हुनेछ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । लण्डन जानु अगाडि त्रिभुवन विमानस्थलमा मिडियासँग कुराकानी गर्दै पूजाले भनिन्–‘मलाई नेपालमै चलचित्रको छायांकन भएको धेरै मनपर्छ । तर, कहिलेकाही बाहिरी लोकेशनमा […]

‘आकाशलाई कथाले खोजेको, सोनमलाई पूजाले रोजेको’

चलचित्रको पर्दामा फरक–फरक कलाकारसँग काम गर्न चाहना राख्ने नायिका पूजा शर्माले यसपटक २ नायकसँग काम गर्दैछिन् । नायक आकाश श्रेष्ठसँग त उनको जोडी चर्चित छ । पूजा शर्मा र आकाशलाई दर्शकले ‘रामकहानी’ चलचित्रमा देखिसकेका छन् । पूजाले काम गरेका नायकहरुमा आकाश सर्वाधिक रुचाइएका नायक हुन् । चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा आकाश फाइनल भएपछि विभिन्न खालका […]

पूजा, आकाश र सोनमको ‘सम्हालिन्छ कहिले मन’ घोषणा

सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को औपचारिक घोषणा गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहने चलचित्रको घोषणा गरिएको हो । यो चलचित्रमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र नव–नायक सोनम तोप्देनको मुख्य भूमिका रहनेछ । साथमा चलचित्रमा गौरी मल्ल, सरोज खनाल र धिरेन शाक्यको पनि […]

अशिष्मादेखि अनमोलसम्म, जोसँग मिलनको ट्यूनिङ मिलेन

नायक आकाश श्रेष्ठले चलचित्र ‘विर विक्रम २’ छाडेपछि निर्देशक मिलन चाम्सले विज्ञप्ती नै निकालेर उनले छाड्नुको कारण खोल्दै नायक पल शाहलाई चलचित्रमा अनुवन्धित गरे । मिलन चाम्सले आकाशलाई चलचित्रको घोषणा कार्यक्रममा बाजा बजाएरै स्वागत गरेका थिए । तर, आकाशले चलचित्रमा काम गर्न मन गरेनन् । बजारमा जे जस्ता खबर सार्वजनिक भएपनि आकाश आफ्नो भूमिकालाई लिएर […]

पूजाको ‘सम्हालिन्छ कहिले मन’मा आकाश फाइनल

नायिका पूजा शर्माको मुख्य भूमिका रहने चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन नेपाल र यूकेमा हुँदैछ । सुदर्शन थापाको लेखन तथा निर्देशनमा बन्न लागेको यो चलचित्रका लागि गायक सोनम तोप्देन फाइनल भैसकेका छन् । यो चलचित्रका लागि सोनमले एउटा गीतमा आवाज समेत दिएका छन् । सोनम कभर गीत गाएर चर्चामा छन् । भारतीय मुलका तिब्बतियन गायकले […]

वर्षा र आकाशको दोस्ती

नायिका बर्षा राउत र नायक आकाश श्रेष्ठको दोस्ती अहिले गज्जबको देखिन थालेको छ । बर्षा र आकाशले एउटा भिडियोमा सँगै काम गरेका छन् । यसपछि उनीहरु नजिक देखिएका हुन् । बर्षा राउतले इन्स्टाग्राममा राखेको भिडियोमा पनि उनी र आकाशको मित्रता फराकिलो बनेको भान हुन्छ । नायक आकाश श्रेष्ठ चलचित्र ‘रामकहानी’मा काम गरेपछि दर्शकको नजरमा परेका […]