Comments Add Comment

औषधि खरिद प्रकरण

List Grid
ओम्नी समूहसँगको स्वास्थ्य सामग्री खरिदबारे लेखा समितिले छानबिन थाल्यो

१४ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विवादास्पद ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिद गर्दा भएको भनिएको अनियमिताबारे छानविन थालेको छ । कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि स्वास्थ्य सेवा विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य सामाग्री खरिदको सम्झौता गरेको थियो । तर ओम्नीले पहिलो लट सामान ल्याएसँगै सम्झौता विवादमा पर्यो । विना प्रतिस्पर्धा महंगो […]

खरिद प्रक्रिया पारदर्शी बनाऊ : देउवा

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउन सरकारसँग माग गरेका छन् । कोरोना भाइरस संक्रमणको सम्भावित बिरामीको स्वास्थ्य परीक्षण गर्न र संक्रमण पुष्टि भइसकेका बिरामीको उपचार गर्न अत्यावश्यक स्वास्थ्य सामग्री खरिद प्रक्रियामा देखिएको विवादबारे देउवाले सरकारको ध्यानाकर्षण गराएका हुन् । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै देउवाले भने, […]

सचिवालयमा प्रधानमन्त्रीको ब्रिफिङ : ओम्नी समूहसँग भएको सम्झौताबारे थाहै थिएन

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामाग्री खरिदका लागि ओम्नी समूहसँग भएको विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको बताएका छन् । मंगलबार बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको प्रयासबारे झण्डै डेढ घन्टा ब्रिफिङ गरेका थिए । उनले स्वास्थ्य सामाग्री खरिदका […]

स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउँछौं : नेपाली सेना

२३ चैत, काठमाडौं । नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदको जिम्मा संगठनलाई दिने निर्णयबारे भइरहेको टिप्पणीप्रति सचेत रहेको प्रक्रिया दिएको छ । साथै यो खरिद प्रक्रियालाई पारदर्शी बनाउने दाबी गरेको छ । सरकारले हालै मात्र कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा उपचारका लागि चाहिने स्वास्थ्य सामाग्रीहरु खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । तर यसको […]

स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएकोमा नेकपाभित्रै असन्तुष्टि

२२ चैत, काठमाडौं । स्वास्थ्य सामग्री आपूर्ति गर्न नेपाली सेनालाई दिने सरकारको निर्णयप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मै असन्तुष्टि देखिएको छ । सरकारले हालै मात्र कोरोना भाइरस (कोभिड-१९) को उपचारका लागि चाहिने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), मास्क लगायतका स्वास्थ्य सामग्री आपूर्तिको जिम्मा नेपाली सेनालाई दिएको थियो । यसको चौतर्फी आलोचना भइरहेको छ । सत्तारुढ नेकपाका […]

अख्तियारबाट जोगिन सेनालाई जिम्मा !

समान्यतः अहिले राष्ट्रिय संकटको अवस्था हो । स्वास्थ्य संकटका बेला हामीलाई सबैभन्दा छिटो माध्मयबाट औषधी र उपकरण चाहिएको छ । सरकारले एकपल्ट प्रयास गर्‍यो, त्यो असफल भयो । यो अवस्थामा सरकारले आत्तिएर सेनालाई प्रयोग गरेको हुन सक्छ । तर, राष्ट्रका निर्माणका कामहरुमा सेनालाई प्रयोग गरियो, त्यो पनि आलोचनाको विषय थियो । अब अन्य मुलुकहरुसँग पनि […]

‘सेनालाई स्वास्थ्य सामग्री किन्न लगाउनु शुभ लक्षण होइन’

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामग्री खरिदको जिम्मेवारी सेनालाई दिनु गलत भएको बताएका छन् । कांग्रेस नेता पौडेल भन्छन्, ‘नागरिक सरकारले गर्नुपर्ने काम सेनालाई गर्न दिनु भनेको शुभ लक्षण होइन ।’ संकटको घडीमा राजनीतिक नेतृत्वले नै निर्णायक भूमिका खेल्नुपर्नेमा पौडेलको जोड छ । शुक्रबार […]

‘सरकारले गर्न नसकेको काम सेनालाई दिने भए क्याबिनेट नै बुझाए भैहाल्यो नि’

हामीमात्रै होइन, विश्व नै यतिबेला कोभिड–१९ को महामारीसँग जुधिरहेको छ । प्रकोप, विपद वा संकटका बेला सेनालाई जिम्मेवारी दिनु आफैंमा नराम्रो कुरा होइन । संसारका अरु देशमा पनि यस्तो अनुभव छ । यो कुनै नौलो कुरा होइन । विगतका विपद व्यवस्थापनमा सेनाले सह्रानीय भूमिका नखेलेको पनि होइन । तर, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि […]

साझा पार्टीले भन्यो : सेना गुहार्नु सरकारको विफलता

२१ चैत, काठमाडौं । कोरोना सम्बन्धी स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिनु सरकारको विफलता भएको साझा पार्टीले टिप्पणी गरेको छ । साझाले शुक्रबार विज्ञप्ति जारी गर्दै इतिहासकै शक्तिशाली भनिएको सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न नसकी संकट झेल्न नेपाली सेना जस्तो संवेदनशील संस्थालाई ढाल बनाउनु आपत्तिजनक कदम रहेको बताएको हो । २०६९ सालमा आफ्नो जिम्मेवारी […]

औषधि खरिदमा अनियमितता गर्नेलाई बर्खास्त गर : कांग्रेस

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले औषधि खरिद प्रक्रियामा ढिलासुस्ती र अनियमितता गर्ने कार्य माफी योग्य नभएको बताएको छ । यस्तो कार्यमा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरी अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याएको भन्दै […]

मन्त्रीलाई थाहै नदिई क्याबिनेटको निर्णयमा कीर्ते !

२० चैत, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार कोरोना रोकथामसम्बन्धी उच्च स्तरीय समितिको बैठक बस्यो । बैठकमा सहभागी मन्त्रीहरुवीच स्वास्थ्य सामग्री कुन प्रक्रियाबाट खरीद गर्ने भन्नेमा विवाद भयो । केही मन्त्रीले सरकार–सरकार अर्थात जीटूजीको विधिबाट किनौं भन्ने प्रस्ताव गरे । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले जीटूजी प्रक्रियाबाट किन्न नसकिएकै कारण निजी क्षेत्रसँग प्रतिस्पर्धा गराउनुपरेको […]

स्वास्थ्यका डीजीलाई देखाउँदै सेनालाई जिम्मा

२० चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाउने डर भएका हरेक निर्णयहरु मन्त्रिपरिषदमा लगेर पारित गराउने प्रचलन  पुरानै हो । यही सिलसिलामा गत आइतबारको क्याबिनेट बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले औषधिजन्य सामान खरीदसम्बन्धी प्रस्ताव अनुमोदनका लागि लगे । तर, मन्त्री ढकालको प्रस्ताव क्याबिनेटले अस्वीकार गर्यो । ‘स्वास्थ्य विभागका महानिर्देशक (डीजी) बाटै गराउँदा हुने खरिद यहाँ […]

खरिदकर्ताको धरौटी जफत, ठेक्का दिनेलाई के हुन्छ ?

१९ चैत, काठमाडौं । सरकारले ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँगको स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवादास्पद सम्झौता बुधबार खारेज गरेको छ । परल मूल्यभन्दा दशौं गुणा महंगोमा सामान आपूर्ति गरेको ओम्नी समूहले राखेको पाँच करोड धरौटी जफत हुने र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । यो खरिद प्रकरणमा सरकारले ओम्नी […]