+
+
Shares

काठमाडौं उपत्यकाको फोहर विसर्जनमा फेरि अवरोध

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते ११:१९
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकाको फोहर विसर्जन नुवाकोटको बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले सहमति कार्यान्वयन नभएको भन्दै पुन: रोकिएको छ।
  • फोहोर बिसर्जन रोकिएपछि काठमाडौं महानगरपालिकाले फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाएको छ।
  • नुवाकोट र धादिङका स्थानीयले सडकमा बसेर फोहर बोकेका गाडीलाई रोकेका छन् र जनप्रतिनिधि पनि समर्थनमा छन्।

२९ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाको फोहर विसर्जनमा बञ्चरेडाँडा क्षेत्रका वासिन्दाले अवरोध गरेका छन् ।

काठमाडौंको फोहोर बिसर्जनस्थल नुवाकोटको बञ्चरेडाँडा क्षेत्रका वासिन्दाले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहोर विसर्जन रोकेका हुन् ।

काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएकाले फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको एक स्थानीयले जानकारी दिए ।

यसअघि तत्कालीन सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहोर विसर्जनको अवरोध हटेको थियो । सो सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडान स्थानीयले लिउका छन् ।

नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३  र ४ वडाका  प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई रोकेका छन् । ककनी र बेलकोटगढी तथा धुनीबेँसीका स्थानीय जनप्रतिनिधि र दलका नेताहरुले पनि स्थानीयको मागमा समर्थन जनाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?