३० पुस, काठमाडौं । आज काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्रीसम्म मापन भएको छ ।
आज बिहान ६ बजेर २७ मिनेटमा ३ डिग्री सेन्टिग्रटसम्म न्यूनतम तापक्रम मापन भएको मौसमविद् उज्वल उपाध्यायले जानकारी दिए ।
ललितपुरस्थित सानेपामा न्यूनतम तापक्रम ३ डिग्री मापन भएको हो । उपाध्यायका अनुसार यो तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ ।
तापक्रम घटेकोले जाडो महसुस पनि धेरै भएको छ । आजको न्यूनतम तापक्रमको अन्तिम मापन ८ :४५ बजे गरिनेछ ।
यसैबीच, आज तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4