१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिको संयोजनमा राजधानी उपत्यकामा आजबाट रात्रिकालीन बस सेवा सुरु भएको छ । काठमाडौं महानगरले पहल सुरु गरेपछि उपत्यकामा रहेका पालिका र साझा यातायातको सहकार्यमा रात्रिकालीन बस सेवा सुरु भएको हो ।
अबदेखि राति ८ बजेदेखि ११ बजेसम्म पनि रात्रि बस सेवा सञ्चालन हुनेछ । साझा यातायातको बस ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो ।
यस्तै थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म अर्को रुट चल्नेछ । पूर्व पश्चिम दिशाको यो रुटको एकतर्फी दुरी २० किलोमिटरको हो । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् ।
तोकिएका स्थानका बस स्टपमा हरेक २० मिनेटमा बस पुग्ने जनाइएको छ । रात्रिकालीन बस सेवा सुरु गर्दा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनीता डंगोल सहभागी थिइन् ।
तस्वीरहरू

प्रतिक्रिया 4