Comments Add Comment

कर्णाली प्रदेश सरकार

List Grid
राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति बनाउँदै कर्णाली सरकार 

७ साउन, कर्णाली । कर्णाली प्रदेश सरकारले अन्य समुदाय झैं जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायलाई मूल प्रवाहीकरणमा ल्याउने नीति अघि सारेको छ । सामाजिक विकास मन्त्रालयले तयार पारेको मूल प्रवाहीकरणसम्बन्धी उक्त नीतिको मस्यौदामा स्थायी बसोबासदेखि नागरिकता वितरण गर्नेसम्मका कार्यक्रम समावेश गरिएको छ । सामाजिक विकास मन्त्रालयले ‘अति लोपोन्मुख राउटे समुदायको मूल प्रवाहीकरण नीति– २०७८’ […]

कर्णालीमा अध्यादेशबाट बजेट ल्याउन खोजेकोमा एमालेको आपत्ति

३१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेकोमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले सरकारले अध्यादेशबाट बजेट ल्याए कानूनी र राजनीतिक उपचार खोज्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै नेता कँडेलले संसद सक्रिय रहेको अवस्थामा गैरसंवैधानिक तरिकाबाट प्रदेश सरकारले बजेट […]

कर्णालीको संसद अधिवेशन मध्यरातमा अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

३१ असार, सुर्खेत । कर्णाली प्रदेशसभाको आठौं (बजेट) अधिवेशन मध्यरात अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभा अन्त्य गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले बुधबार मध्यराति सूचना जारी गर्दै असार ३० गते राति १२ बजेदेखि नै लागू हुने गरी अधिवेशन अन्त्य भएको घोषणा गरेको छ । पछिल्लो एक महीनायता प्रमुख […]

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । मंगलबार बसेको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिएपछि नीति कार्यक्रम पारित भएको हो । सर्वोच्च अदालतले पुनर्बहाली गरेका एमालेका तीन प्रदेशसभा सदस्य, जो मन्त्री पनि छन्, उनीहरु नीति तथा कार्यक्रमको पक्षमा उभिएका छन् । एमालेले आफ्ना सांसदहरु विपक्षी रोमा बस्नुपर्ने माग […]

कर्णालीमा नवनियुक्त कांग्रेसका दुई मन्त्रीले लिए सपथ

३ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारमा थपिएका कांग्रेसका दुईजना मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र उर्जा तथा जलस्रोत मन्त्रीमा दिनबन्धु श्रेष्ठले शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले सोमबार दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । दुवै जना […]

कर्णालीमा कांग्रेसबाट दुई मन्त्री थपिए, आजै सपथको तयारी

२३ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट दुईजना मन्त्री थपिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसको कोटाबाट दुईजनालाई मन्त्री नियुक्त गर्दै शनिबार साँझ मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सुर्खेतका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेपाली कांग्रेस […]

कर्णाली सरकारविरुद्ध रिट

२ जेठ, सुर्खेत । कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनमा कर्णाली प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश अस्पतालका नाममा अधिवक्ता शेरबहादुर खत्री, गणेश ओली र इन्सेक कर्णाली प्रदेशका प्रलेख अधिकृत टीका विष्टले उच्च अदालत सुर्खेतमा रिट दायर […]

कर्णालीमा स्वास्थ्यका १२० कर्मचारीको करार नियुक्ति

२८ वैशाख, कर्णाली । कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ। प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौँ तहका १२० कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिस गरेको हो । आयुर्वेदिकतर्फ कविराज दुई, रेडियोग्राफर फार्मेसी असिस्टेन्ट छ/छ, ल्याब टेक्निसियनतर्फ १२ र स्टाफ नर्सतर्फ ७६ […]