+
+
Shares

कर्णालीमा तीन सातापछि सरकार विस्तार, एमालेका ३ मन्त्रीले लिए शपथ

नेकपा एमालेबाट सरकारमा सहभागी हुने तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते २०:२१

३ भदौं, सुर्खेत । नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त भएको तीन साता पछि कर्णाली प्रदेश सरकार विस्तार भएको छ ।

नेकपा एमालेबाट सरकारमा सहभागी हुने तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीहरूलाई बुधबार साँझ एक समारोहकाबीच प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्दै टेकराज पछार्इँले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

यस्तै, सामाजिक विकास मन्त्रीमा जितबहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा कलबहादुर हमालले शपथ लिएका छन् ।

सत्तारुढ दल एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बीच आज दिउँसो मात्रै मन्त्रालय भागबन्डामा सहमति जुटेको थियो ।

भागबन्डा अनुसार एमालेले तीन मन्त्रालय पाएको थियो । एमालेले मन्त्रीको टुंगो लगाएपनि नेकपाले भने अझै मन्त्रीको टुंगो लगाउन सकिरहेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?