Comments Add Comment

कर्णाली

List Grid
भासियो टीकापुर र राजापुर जोड्ने सत्ती पुल   

१२ असार, भजनी । कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ती पुल भासिएको छ । हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए । उनले भासिएका स्थानमा मरमत प्रयास भइरहेको बताए । कटान हुन थालेपछि अहिले पुलमा आवागमन बन्द […]

कर्णाली अब बिचरा रहेन !

‘कर्णाली’ सुन्नेबित्तिकै धेरैको मस्तिष्कमा नेपालकै लामो नदीको पानी बग्छ र मनलाई शितल बनाउँछ । एक पिल्लरमा ठडिएको पुल आँखामै आउँछ । अर्काथरी मान्छे छन्, कर्णाली शब्द सुन्नेबित्तिकै झाडापखाला, हैजा, भोकमरी, धुलाम्मे सडक र सिटामोल नपाएर ज्यान गुमाएका नागरिकको तस्विर मानसपटलमा उतार्न भ्याउँछन् । राज्यले नदेखेको बत्तीमुनिको अँध्यारोको आकृति कोर्छन् र मनमनै सहानुभूति प्रकट गर्छन् । […]

कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

४ असार, सुर्खेत । एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बाेलाउने निर्णय गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए । गत वैशाख ३ गते यी ३ […]

कर्णालीमा ३६ अर्ब ५४ करोड रुपैयाँको बजेट, उत्कृष्ट किसानलाई तक्मा (पूर्णपाठ)

१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेशसभामा पेश गरेको बजेट वक्तव्य अनुसार पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो बजेट चालु […]

कर्णालीमा सदन सञ्चालनमा सहयोग गर्ने एमालेको घोषणा

३१ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा प्रमुख विपक्षी नेकपा एमालेले प्रदेशसभा बैठक सञ्चालन गर्न सहयोग गर्ने भएको छ । दलले कारबाही गरेका, तर सर्वोच्च अदालतको आदेशबाट पुनर्वहाली भएका चार प्रदेशसभा सदस्य विपक्षी रोष्टममा बस्नुपर्ने भन्दै सदन अवरुद्ध गर्ने चेतावनी दिएको थियो । त्यही कारण सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची समेत प्रभावित भएको थियो […]

कर्णालीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

१ असार, सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ । मंगलबार बसेको एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको एमाले सांसद सुशील कुमार थापाले जानकारी दिए । बैठकमा फ्लोर क्रस गरेका सांसद प्रकाश ज्वालासहित १६ जना सांसद सहभागी […]

एमबीबीएस अध्यापनको सिट : कर्णालीले पायो २०, महाराजगञ्जलाई १०० (सूचीसहित)

३१ जेठ, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक एमबीबीएस अध्यापन गराउने अनुमति पाएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस कार्यक्रमका लागि सिट तोकेको छ, जसमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले २० पाएको छ । यस्तै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगन्ज मेडिकल कलेजले १०० सिट पाएको छ । महाराजगञ्जले ४३ वर्षपछि १०० सिट […]

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २० सिट दिने आयोगको निर्णय

३० जेठ, जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ । यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा […]

कर्णालीको आगामी बजेट : लकडाउनरहित अधिकतम सुरक्षित कर्णाली सोच

६ वर्षअघि कर्णालीमा विशेषज्ञ चिकित्सक भएर आइयो । त्यही वर्ष नेपाल सरकारको बजेटमा कर्णालीमा मेडिकल कलेज स्थापना गर्न भन्दै प्रारम्भिक काम अगाडि बढाउने बताइयो । मेडिकल कलेज स्थापना भए राम्रो काम गर्ने माहोल बन्ने आशा पनि पलायो । त्यसयता हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कर्णालीमा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको योजना छुटेको छैन, […]

एमालेले फेरि गर्‍यो कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

२८ जेठ, सुर्खेत । नेकपा एमालेले शुक्रबार पनि कर्णाली प्रदेश सभा बैठक अवरुद्व गरेको छ । आर्थिक वर्ष २०७८/०८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै एमालेले पुनः बैठक अवरुद्ध गरेको हो । प्रदेश सभाको शुक्रबारको बैठक शुरु भएलगत्तै एमाले संसदीय दलका नेता यामलाल कँडेलले समय मागेर […]

कर्णालीका चार सांसदलाई सर्वोच्चले गरिदियो पुनर्बहाली

२७ जेठ, काठमाडौं । सर्वोच्च अदालतले कर्णालीका चार प्रदेशसभा सदस्यलाई पुनर्वहाली गरिदिएको छ ।  बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रकाश ज्वाला, नन्द सिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको हो । ३ वैशाख फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत दिएका उनीहरुलाई […]

कर्णालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

२७ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर थप ६ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । डा. खड्काका अनुसार मृतकमध्ये सुर्खेतका पाँचजना र सल्यानका एकजना रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणका […]

मन्त्री थापा प्रदेशसभामा नजाने सहमतिपछि कर्णाली प्रदेशसभा बैठक शुरु

२७ जेठ, सुर्खेत । भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापालाई प्रदेशसभा बैठकमा उपस्थित नहुने शर्तमा कर्णाली प्रदेश सभा बैठक शुरु भएको छ । तीन दिनदेखि अवरुद्ध प्रदेशसभाको बैठक बिहीबार सर्वदलीय सहमतिपछि सञ्चालन भएको छ । कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार सरकार पक्ष र नेकपा एमालेबीच मन्त्री थापालाई बैठकमा सहभागी नगराउने सहमति भएको हो । […]

साविकको कर्णाली पहिलो पटक राष्ट्रिय विद्युत प्रसारणमा जोडियो

२५ जेठ, सुर्खेत । साविकको कर्णाली पहिलो पटक राष्ट्रिय विद्युत प्रशारणमा जोडिएको छ । सोमबार रातिदेखि कालीकोटमा राष्ट्रिय प्रशारण लाइन पुगे लगतै साविकको कर्णाली केन्द्रीय प्रसारणसँग जोडिएको हो । दैलेखको दुल्लु नगरपालिकाबाट ११ केभी विद्युतलाईन विस्तार भएसँगै कालीकोट राष्ट्रिय प्रशारणमा जोडिएको प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले जानकारी दिए । ‘सोमबार राति मात्रै लाइन […]

कर्णालीमा जेठ २४ गते बोलाइयो बजेट अधिवेशन

२१ जेठ, सुर्खेत । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गतेका लागि बोलाइएको छ । प्रदेश सरकारको सिफसिरमा शुक्रबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जेठ २४ गते बजेट अधिवेशनको आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन जेठ २४ गते दिउँसो २ बजेदेखि अधिवेशन सुरु हुने जानकारी […]

कर्णालीमा २ मन्त्रालय लिएर कांग्रेस सरकारमा जाँदै

२० जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने भएको छ । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदमा विश्वासको मत दिएको काँग्रेस झण्डै दुई महिना पछि सरकारमा सहभागी हुन लागेको हो । दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । ‘कांग्रेस सरकारमा जाने […]

कर्णालीमा बजेट अधिवेशन बोलाउन एमालेको माग

१६ जेठ, सुर्खेत । नेकपा (एमाले) प्रदेश संसदीय दलले तत्काल बजेट अधिवेशन बोलाउन कर्णाली प्रदेश सरकारसँग माग गरेको छ। आइतबार बसेको संसदीय दलको बैठले संसद् अधिवेशन बोलाउन माग गरेको दलका नेता यामलाल कँडेलले जानकारी दिए । ‘प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, सरकार अहिलेसम्म चुपचाप,’ दलका नेता कँडेलले उनले भने, […]

कर्णालीमा तत्काल अक्सिजन प्लान्ट स्थापना गर्न संसदीय समितिको निर्देशन

२ जेठ, सुर्खेत । कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले कोरोना नियन्त्रणमा प्रदेश सरकारलाई गम्भीर भएर लाग्न निर्देशन दिएको छ । समितिको शनिबार बसेको बैठकले प्रदेश अस्पताल, सुर्खेतमा दैनिक १ हजार सिलिण्डर भर्न सक्ने अक्सिजन प्लाण्टको तत्काल स्थापना गर्न समेत लिखित निर्देशन दिएको हो । समितीले प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र अस्पतालहरुमा नियमित विद्युत आपूर्ति […]

कर्णालीले कोरोना जित्ने मोडेल के हो ?

‘संसारमा कुनै पनि कुरा भयपूर्ण हुँदैन । बरु बुझिने वा नबुझिने हुन्छ । कुरा जति कम बुझिन्छ, त्यति धेरै डर पनि हुन्छ ।’ कोरोना भाइरस (कोभिड–१९) को नेपाली संक्रमण दर (इन्फेक्टिभिटी रेट) अहिले ३२ प्रतिशत छ । तर, कर्णालीको भने ८६ प्रतिशत छ । यो काठमाडौं विश्वविद्यालयले गरेको अनुसन्धानको पछिल्लो तथ्यांक हो । यो तथ्यांकले […]

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

२९ वैशाख, सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख गाेविन्द प्रसाद कलाैनीले बुधबार राति १२ बजेदेखि लागू हुने गरि प्रदेशसभा अन्त्य गरेका हुन् । बुधबार प्रदेश प्रमुखको कार्यालयले एक सूचना जारी गर्दै अधिवेशन अन्त्य भएको घोषणा गरेको हो । पछिल्लो समय प्रमुख विपक्षी दल एमालको अवरोधका कारण प्रदेशसभा […]

कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि

२९ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त तीनजना मन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबा नियुक्त गरेका तीन मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार बिहान ११ बजेका लागी तय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले जानकारी दिए । मुख्यमन्त्री शाहीको सिफारिसमा आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्रीमा बिन्दमान विष्ट, […]