Comments Add Comment

कर्णाली

List Grid
जुम्लामा हिउँले जनजीवन प्रभावित

२ माघ, खलङ्गा (जुम्ला) । जुम्लामा फेरि बिहीबार बिहानदेखि हिमपात भएको छ । यस पटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवनले जनजीवन प्रभावित हुँदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ । चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । हवाई यातायात भने […]

राष्ट्रिय सभाका २ पदका लागि कर्णालीमा नेकपा र कांग्रेसको उम्मेदवारी

२० पुस, सुर्खेत । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आगामी माघ ९ गते हुने निर्वाचनका लागि नेकपाका मायाप्रसाद शर्मा आचार्य र सुमित्रा बिसीले निर्वाचन अधिकृतको कार्यालय सुर्खेतमा आइतबार मनोनयन दर्ता गरेका हुन् । शर्मा भेरी नगरपालिका ११ जाजरकोट तथा बिसी वीरेन्द्रनगर नगरपालिका ५ […]

कर्णालीका ३ जिल्लामा ३ वर्षभित्र पूर्ण विद्युतीकरण गरिने

२५ मङ्सिर, सुर्खेत । आगामी तीन वर्षभित्र कर्णाली प्रदेशका तीन जिल्लालाई पूर्ण रुपमा विद्युतीकरण गरिसक्ने लक्ष्य राखिएको छ । सामुदायिक विद्युतीकरण कार्यक्रमले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटलाई उक्त अवधिमा पूर्ण विद्युतीकरण गरी उज्यालो जिल्ला घोषणा गर्ने लक्ष्य लिएको हो । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष नारायण ज्ञवालीले पूर्ण विद्युतीकरणको लक्ष्य हासिल गर्न गत […]

कर्णालीको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मुख्यमन्त्री शाही

२३ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वीरेन्द्रनगरमा सोमवार सम्पन्न कर्णाली प्रदेश सरकार र नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझेदारहरुको बैठकमा मुख्यमन्त्री शाहीले कर्णालीका नागरिकको तीव्र विकास, गरिबीको अन्त्य र सुशासनको प्रत्याभूतिको चाहना पूरा गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न […]

कर्णालीका छोरीको खाता खोलेर सरकारले पैसा हाल्दै 

२३ मंसिर, काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको बैंक खाता खोलिदिने लोकप्रिय कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । चालु आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र बजेटमा प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ नाममा कार्यक्रम घोषणा गरेको थियो । यस कार्यक्रमका लागि हालै कार्यविधि स्वीकृत गरेर कार्यान्वयनमा ल्याइएको हो । स्वीकृत […]

फोनिज कर्णाली प्रदेशको अध्यक्षमा भूपेन्द्र घर्ती चयन

१८ मंसिर, काठमाडौ. । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेशको अध्यक्षमा भूपेन्द्र घर्ती मगर चयन भएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रथम अधिबेशनले भूपेन्द्रको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा धर्मरत्न थापा र करिष्मा चौधरी, महासचिवमा सन्तोष घर्ती, संगठन सचिवमा सपना पुन मगर, संस्थागत सचिवमा डिलबहादुर चौधरी, कोषाध्यक्षमा […]

कर्णालीका मुख्यमन्त्रीले लिए नेकपा जिल्ला नेतृत्वको सुझाव

८ मंसिर, सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेकपा कर्णाली प्रदेशको जिल्ला नेतृत्वबाट सुझाव लिएका छन् । सबै जिल्लाका इञ्चार्ज, सह-इञ्चार्ज, अध्यक्ष र सचिवबाट सुझाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार र आइतबार २ दिनसम्म अन्तरक्रिया गरी सरकार सञ्चालन सम्बन्धी सुझाव संकलन गरिएको हो । अन्तरक्रियामा सरकार र पार्टीका […]

कर्णालीका कर्मचारीलाई वर्गीकरण गरेर सेवा सुविधा थप्ने तयारी

६ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशअन्तरगतका निकायमा काम गर्ने कर्मचारीलाई वर्गीकरण गर्ने तयारी गरिएको छ । कर्णालीमा कर्मचारी बस्न नमान्ने भएकोले निश्चित मापदण्डका आधारमा क, ख, ग र घ बर्गमा वर्गीकरण गरी थप सेवा सुबिधा दिने तयारी सरकारले गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए । केही कर्मचारीहरुमा सक्छु भन्ने तर केही नगर्ने प्रवृत्ति […]

कर्णालीमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य

५ मङ्सिर, सुर्खेत । कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष सन् २०२० भित्र कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले सुर्खेतमा आयोजित साक्षात्कार कार्यक्रममा पर्यटन क्षेत्रको द्रुत विकास तथा प्रवर्धनका क्रियाकलापमार्फत सन् २०२० भित्र एक लाख विदेशी पर्यटक भित्र्याउने योजना रहेको जानकारी दिए । भ्रमण वर्षलाई […]

कर्णाली नदीको गहिराइ नाप्ने टोली चढेको डुंगा दुर्घटना

२९ कात्तिक, काठमाडौं । अछामको ढकारी गाउँपालिकास्थित बेतान कर्णाली हाइड्रोपावरका लागि नदीको गहिराइ नाप्न गएको टोली दुर्घटनामा परेको छ । कर्णाली नदीको गहिराइ नाप्ने क्रममा डुंगा दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भएको छैन । तर, डुंगा र मोटरमा क्षति भएको अध्ययन गरिरहेको इनोभेटिभ इन्जिनियरिङ सर्भिस प्रा.लि.का म्यानेजिङ डाइरेक्टर अनुप खनालले जानकारी दिए । […]

कर्णाली प्रदेशमा एक वर्षभरिमा एउटा मात्र उद्योग दर्ता

१३ कात्तिक, काठमाडौं । आर्थिक वर्ष ०७५/७६ मा देशभर ४ सय ३६ वटा उद्योगहरु दर्ता भए । त्यसमध्ये कर्णाली प्रदेशमा भने यो आवमा केवल एउटा उद्योग दर्ता भएको छ । सुर्खेत वीरेन्द्रनगरको वडानम्बर ८ मा हिमालयन माउन्टेन कफी प्रोडक्सन प्रालि सञ्चालनमा आएको हो । यसले १५ जनालाई रोजगारी दिएको छ । यो उद्योगमा कुल ५० […]

कर्णालीवासी भन्छन्- किन हाम्रा दुःखप्रति सरकार बेखबर छ ?   

१५ असोज, सुर्खेत ।  आम नेपाली एकै समय भेटघाट एवं खुशी साटासाट गर्ने, आशिष लिने र दिने मिलनविन्दु अर्थात सङ्गम हो, दशैं तथा दीपावली । जसका लागि देश विदेशमा रहेका सबै नेपाली खुशी साट्न आफ्नो मातृभूमि फर्कने क्रम चलेको छ । तर विडम्बना, साविकको कर्णाली भने वर्षैपिच्छे दशैं तिहारको खुशी लिन निकै ठूलो सास्ती भोग्नुपर्ने […]

कर्णालीमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

३ असोज, सुर्खेत । विहानै सवा ७ वजे नै कर्णालीका मुख्यमन्त्री महेन्द्रवहादुर शाही प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी पुगे । दौरासुरुवाल, ढाँका टोपी र कोटमा सजिएका मुख्यमन्त्री शाही त्यहाँ पुग्नु अगावै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगिसकेको थियो। केहीबेरमै कर्णाली प्रदेशसभाका सभामुख राजवहादुर शाही र विपक्षी दलका नेता जीवनवहादुर शाही पनि त्यही पुगे […]

कर्णालीमा नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता

३ असार, काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका-५ कैलेबालुस्थित सडकबाट जीप कर्णाली  नदीमा खसेको छ । खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको जीप कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए । जीप र सवार सबै यात्रु बेपत्ता भएको  प्रहरी निरीक्षक सिंहको बताए ।  जीपमा कतिजना यात्रु थिए भन्ने एकिन […]

कर्णालीको बजेट अधिबेशन जेठ १० देखि

३० वैशाख, काठमाडौं । कर्णाली प्रदेशसभाको बजेट (वर्षे) अधिबेशन जेठ १० गतेदेखि सुरु हुने भएको छ । गत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले चौंथो अधिबेशन जेठ १० गते आहृवानका गर्न प्रदेश प्रमुख दूर्गाकेश खनाललाई सिफारिस गरेको हो । यो अधिबेशन आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा केन्दि्रत हुने छ । यस्तै बैठकले विभिन्न विधेकहरु […]

कर्णाली राजमार्गमा अलपत्र यात्रु भन्छन्- पानीसमेत पिउन पाइएन

२४ चैत, सुर्खेत । बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन् । शनिबार बेलुका भारी असिना वर्षाले बाढी र पहिरो आएको छ । दैलखको दुल्लु नगरपालिकामा र कालीकोटको शुभकालिका गाउँपालिकामा पर्ने दहीखोलामा पहिरो खसेको छ । पहिरो पन्छाउन ढिलाइ हुँदा दुई दिनदेखि यात्रु समस्यामा परेका छन् । दैलेखबाट गएको डोजरले शनिबार दहीखोलाको […]

कर्णाली प्रदेशबाट ३६ हजारले एसईई दिदै

८ चैत्र, सुर्खेत । यही चैत १० गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३६ हजार ५२४ विद्यार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ ३४ हजार २५, एक्जाम्टेडतर्फ एक हजार ८३८, प्राविधिकतर्फ ६४५, अपाङ्गता भएका १३ र कैदी तीन विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक भक्तबहादुर ढकालले जानकारी दिए […]

कर्णालीका तस्वीर काठमाडौंमा प्रदर्शन

३ चैत, काठमाडौं । काठमाडौंमा कर्णालीका फोटो प्रदर्शनी सुरु भएको छ । पत्रकार रमेश भुसाल र नवीन बरालले कर्णाली भ्रमणका क्रममा खिचेका तस्वीहरु प्रदर्शनीमा राखिएको छ । नेपाल नदी संरक्षण कोषको आयोजनामा ४४ दिनसम्म भएको यात्राका क्रममा उनीहरुले खिचेका तस्वीहरु प्रदर्शनमा राखिएको हो । कर्णाली नदी प्रणालीको माध्यमबाट कर्णालीको सामाजिक सांस्कृतिक र वातावरणीय अवस्थाको अध्ययन […]

कर्णालीमा खाद्यान्न जोखिम

१ चैत, सिञ्जा । तातोपानी–३ का चैते दमाईंको घरमा ६/७ वर्ष पहिले मुरीका मुरी धान, जौ, गहुँ, मकै, कोदो र चिनोलगायत विभिन्न अन्न बाली उत्पादन हुन्थ्यो । आफ्नो उत्पादनले झण्डै १२ जनाको परिवारलाई राम्ररी वर्ष दिन खान पुग्थ्यो । अहिले त्यति नै उत्पादनले छ महिना पनि पुग्दैन । उनले त्यति नै जग्गामा खेतीपाती गरे पनि राम्रो […]

कर्णाली सरकारको श्रमदिनः कालीकोटमा मुख्यमन्त्री र मन्त्रीले लगाए झाडु

१५ पुस, सुर्खेत  । कर्णाली प्रदेश सरकारको श्रमदिनको अवसरमा आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा कालीकोटको सदरमुकाम मान्माबजारमा सरसफाइ गरिएको छ । सरससफाइमा मुख्यमन्त्रीसँगै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । यस्तै, प्रदेश राजधानी वीरेन्द्रनगरस्थित प्रशान्ति वृद्धाश्रम र शिव मन्दिर क्षेत्रमा पनि सरसफाइ गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को […]

कालीकोट आगलागी पीडितका लागि कर्णाली सरकारद्वारा राहत घोषणा

९ पुस, काठमाडौं । कालीकोटको पलाता गाउँपालिका-१ खाडा गाउँस्थित न्यौपाने बस्तीमा सोमबार बिहान भएको आगलागीको घटनाप्रति कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् । आगलागीमा परी घाइते भएकाहरुको स्वास्थ्यलाभको कामना गर्दैै मुख्यमन्त्री शाहीले उनीहरुको उपचारमा कमी हुन नदिने सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन् । आगलागीबाट पशुचौपाए तथा भौतिक संरचनाको ठूलो क्षती भएपछि मुख्यमन्त्री शाहीको […]