News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ।
- सुदूरपश्चिमले ९ विकेट गुमाएर निर्धारित ओभरमा १३९ रन बनाएको हो।
- कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३९ रन बनाए भने कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए।
८ मंसिर, काठमाडौं। सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ ।
नेपाल प्रिमियर लिगअन्तर्गत भइरहेको खेलमा निर्धारित ओभरमा ९ विकेट गुमाएर ९ रन बनाएको हो।
सुदूरपश्चिमले कीर्तिपुरस्थित टीयू स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हो।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २८ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा सर्वाधिक ३९ रन बनाए।
आरिफ शेखले २७ र रह्मित सिंहले १९ रन जोडे। बलिङमा कर्णालीका लागि कप्तान सोमपाल कामीले ४ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर ३ विकेट लिए।
नन्दन यादवले २ तथा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले समान १ विकेट लिए।
प्रतिक्रिया 4