+
+
Shares

कर्णालीमा सत्तापक्षका एक सांसद र प्रतिपक्षले गरे सदन अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १७:५७

२४ असार, सुर्खेत । कर्णाली प्रदेश सभामा सत्तापक्षका एक एक जना सांसद र प्रमुख प्रतिपक्ष दलले सदन अवरुद्ध गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद बेदराज सिंह र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले संसद् बैठक अवरुद्ध गरेका हुन् ।

बसेको बैठकमा सुरुमै बोलका कांग्रेस सांसद सिंहले जाजरकोट भूकम्पपछि आपतकालीन अवस्थामा काम गरेका निर्माण व्यवसायीलाई सरकारले भुक्तानी दिन आलटाल गरेको भन्दै सदनमा उभिएर विरोध जनाए ।

‘मैले यो विषय सदनमा पटक पटक उठान गरेको छु । तर सरकारले त्यसलाई मेरो व्यक्तिगत मुद्दा जसरी लियो,’ सांसद सिंहले भने, ‘भोली आर्थिक वर्षको अन्तिम दिन हो । सरकारका मुख्यमन्त्रीज्यूले नै ती व्यवसायीलाई भुक्तानी दिने हो वा होइन प्रष्टरुपमा नबोलेसम्म यो सदन अगाडि बढाउनका लागि माननीय सभामुखसँग आग्रह गर्न चाहन्छु ।’

आफ्ना कुरा राखेका संसद् सिंहले त्यसपछि सदनमा उभिएरै आफ्नो विरोध जनाइनै हरे ।

त्यस लगत्तै बोलेका प्रमुख प्रतिपक्ष दल माओवादीका सांसद मंगलबहादुर शाहीले सहिद स्मृति भत्ता र युद्धका घाइते तथा अपाङ्गताहरूको जीवन निर्वाह भत्ताको विषयमा प्रश्न उठाए ।

उनले जुम्लाको तातोपानी गाउँपालिकामा उक्त रकम किन नभएको भन्दै आपत्ति समेत जनाए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी आफैले राखेका मुख्यमन्त्री कँडेललाई यसको प्रस्ट जवाफ दिन समेत माग गरे । ‘यो विषयमा मुख्यमन्त्रीको स्पष्ट जवाफ नआएसम्म म पनि उभिइरहनुपर्छ कि जस्तो छ सभामुखज्यू,’ उनले भने ।

त्यस लगतै प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सबै सांसदहरू उभिएका थिए । उभिएका सांसदहरूलाई नेकपा एकीकृत समाजवादीकी सांसद कल्याणी खड्काले समेत साथ दिएकी थिइन् । प्रदेश सभामा एकीकृत समाजवादीबाट एक्ली सांसद खड्काले पनि विरोध गरेकी छिन् ।

सभामुख नन्दा गुरुङले पटक–पटक बस्न आग्रह गर्दा पनि नबसेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?