+

रग्बीमा कर्णाली अब्बल

२०८१ जेठ  ३१ गते २०:०७ २०८१ जेठ ३१ गते २०:०७
रग्बीमा कर्णाली अब्बल

३१ जेठ, काठमाडौं ।  प्रथम यू १५ विद्यालय खेलकुदको रग्बीमा कर्णाली प्रदेशले दोहोरो उपाधि जितेको छ ।

बिहीबार सम्पन्न रग्बीमा कर्णालीले छात्र र छात्रा दुवैमा पहिलो भयो ।

पोखरा रंगशालामा भएको छात्र फाइनलमा कर्णालीले कोशीलाई १–० ले पराजित गर्‍यो । मधेशले तेस्रो स्थानमा चित्त बुझायो ।

छात्राको उपाधि भिडन्तमा कर्णालीले बागमतीलाई हरायो । फाइनलमा दुवैको समान १–१ स्कोर भए पनि बागमतीले बढी नकअन पाएको आधारमा कर्णाली विजयी भएको हो । सुदूरपश्चिम तेस्रो भयो ।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, राखेपका सदस्य राजेश गुरुङ र अञ्जन धमलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगिताको छात्र-छात्रा दुवैमा समान ७–७ प्रदेशले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

कर्णाली रग्बी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय