+
+
Shares

कर्णालीका प्रदेश प्रमुख अस्वस्थ, मुख्यमन्त्रीले नै वाचन गरे नीति तथा कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्यमा असहजता भएपछि मुख्यमन्त्री यामलाल कँडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गरेका छन् ।
  • प्रदेश प्रमुख जोशीले 'स्वास्थ्यमा पनि असहजता भएकाले मुख्यमन्त्रीज्यूलाई वाचन गर्न आग्रह गरेँ' भन्नुभयो ।
  • सभामुख नन्दा गुरुङले मुख्यमन्त्री कँडेललाई रोस्ट्रम प्रयोग गरेर नीति तथा कार्यक्रम वाचन गर्न अनुमति दिइन् ।

२० जेठ, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्यमा असहजता भएपछि मुख्यमन्त्री यामलाल कंडेलले नै सरकारको नीति तथा कार्यक्रम वाचन गरेका छन् ।

प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम बुधवारको प्रदेश सभा बैठकमा प्रस्तुत भइरहेको छ । सुरुमा प्रदेश प्रमुख जोशीले नै नीति तथा कार्यक्रम वाचन गरेका थिए ।

नीति तथा कार्यक्रमको प्रारम्भ वाचन गरेका जोशीले त्यस उताको नीति तथा कार्यक्रमको वाचनका लागी मुख्यमन्त्री कंडेललाई नै आग्रह गरेका थिए । ‘माननीय सभामुख तथा सदस्यज्यूहरू । मैले नीति तथा कार्यक्रम यति नै वाचन गरे । यसमा समय लाग्ने र स्वास्थ्यमा पनि असहजता भएकाले मुख्यमन्त्रीज्यूलाई वाचन गर्न आग्रह गरेँ,’ प्रदेश प्रमुख जोशीले भने ।

त्यसलगत्तै सभामुख नन्दा गुरुङले मुख्यमन्त्री कँडेललाई नै रोस्ट्रम प्रयोग गरेर नीति तथा कार्यक्रम वाचन गर्न अनुमति दिइन् ।

सामान्य तय प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले नै वाचन गर्ने परम्परा रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?