
१ असार, सुर्खेत । बजेट ल्याउनैपर्ने कानुनी व्यवस्थाको संकटमा परेको कर्णाली प्रदेश सरकारले मध्यरातमा बजेट प्रस्तुत गर्न थालेको छ ।
विपक्षी दलहरुले बहिष्कार गर्ने अडान राखेपछि दिनभर सहमति जुट्न नसक्दा १२ बज्न केही मिनेट बाँकी हुँदा मात्रै बजेट प्रस्तुत गर्न प्रदेशसभा बैठक सुरु भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित नेकपा एकीकृत सामाजवादी र राप्रपाले समेत प्रदेश सभा बैठक बहिष्कार गर्ने अडान लिएको थियो ।
आइतबार दिउँसो ३ बजे आगामी आर्थिक वर्ष २०२ /०३ को बजेट प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूची थियो ।
चार पटक बैठक सरेको सूचना टाँस टाँस गर्दै केहीबेर अघिमात्रै बजे पढ्न सुरु गरिएको हो ।
कानुनी व्यवस्था अनुसार प्रदेश सरकारले आइतबार राति १२ बजेभन्दा अगाडी बजेट ल्याइसक्नुपर्ने हुन्छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाह बजेटको ब्रिफकेस बोकेर दिउँसैदेखि बसेका थिए ।
प्रतिक्रिया 4