+
+
Shares

कर्णालीले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते २:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेश सरकारले असार १ गते ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ।
  • बजेट मध्यराति प्रदेशसभामा प्रस्तुत गरियो र दलहरूबीच सहमति नभएपछि केही मिनेटअघि सार्वजनिक गरियो।
  • बजेटमा ५ प्रतिशतले वृद्धि भएको र पुँजीगत र चालु खर्चको विनियोजन गरिएको छ।

१ असार, काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ ।

यो बजेट चालु आवको तुलनामा ५ प्रतिशतले बढेको हो ।
पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार र
चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख एक हजार विनियोजन गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले मध्यराति प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।

दलहरूबीच बजेटमा सहमति जुट्न नसक्दा मध्यराति १२ बज्नभन्दा केही मिनेट अघिमात्रै कर्णालीमा बजेट सार्वजनिक गरिएको हो ।

असार १ गते नै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थालाई टेकेर कर्णालीले बजेट ल्याएको हो ।

दिनभर दलहरूबीच सहमति जुट्न नसक्दा कर्णालीमा बजेट सार्वजनिक हुन सकेको थिएन ।

प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले बजेट बहिष्कार गर्ने चेतावनी दिएपछि दिनभर बजेट आउने वा नआउने भन्ने अन्यौल थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?