२ जेठ, सुर्खेत । कर्णाली प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गतेका लागि आह्वान गरिएको छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरेका हुन् ।
अधिवेशन ११ गते दिउँसो ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठकको आह्वान गरेका हुन् । यसअघि वैशाख १७ गते तेस्रो अधिवेशन अन्त्य भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4