+
+
Shares

बैतडीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

रासस रासस
२०८२ कात्तिक १६ गते १६:२१

१६ कात्तिक, दशरथचन्द (बैतडी) । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रराज भट्टका अनुसार सिगास गाउँपालिका–३ धमकट्टेका ७५ वर्षीय हरुवा साउदको मृत्यु भएको हो ।

उनका नाति २० वर्षीय महेश साउद घाइते भएका छन् । दुर्घटनापछि फरार ट्याक्टरचालकको खोजी जारी छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?