Comments Add Comment

कुखुरा

List Grid
भीमसेनगोलाको बीएण्ड बी मासु पसलमा २२ बोरा मरेको कुखुरा भेटियो

२ भदौ, काठमाडौं । काठमाडौंको भीमसेनगोलामा रहेको बी एण्ड बी मिटसपबाट बिक्रीका लागि राखिएको २२ बोरा कुखुराको मासु बरामदपछि नष्ट गरिएको छ । गुणस्तरहीन मासु बिक्रीको आरोपमा मीट मार्टलाई वाणिज्य विभागले तीन लाख रुपैयाँ जरिवाना समेत गरेको छ । विशेष सुराकीको आधारमा बानेश्वर प्रहरीले बरामद गरेको मासु सोमबार वाणिज्य विभागले पशु चिकित्सकसमेतको रोहबरमा निरिक्षण गरेको […]

८ महिनापछि हिरासतबाट रिहा भयो भाले कुखुरा

पाकिस्तानको सिन्ध प्रान्तस्थित घोटमी जिल्लास्थित एक स्थानीय अदालतले ८ महिनादेखि पुलिसको हिरासतमा रहेको एउटा कुखुरालाई रिहा गरी उसको मालिकलाई सुम्पिनका लागि आदेश दियो । सिन्धका विभिन्न दुईवटा पुलिस चौकीमा पाँचवटा कुखुराहरु प्रहरी हिरासतमा रहेकोमा अदालतमा आदेशपछि एउटा कुखुरा रिहा भएको छ । भाले जुधाई खेलका क्रममा छापा मारेर पुलिसले ती कुखुरा पक्राउ गरेको थियो । […]

कुखुराले अण्डा होइन बच्चा नै जन्माएपछि…

अण्डा पहिले कि कुखुरा ? यो बहस कहिल्यै टुंगिँदैन । तर यो चाहीँ सत्य हो कि कुखुराले अण्डा पार्दछ र अण्डाबाटै चल्ला कोरलिएर वयस्क कुखुरा बन्दछ । तर छिमेकी मुलुक भारतको ओडिसा राज्यमा चाहीँ एउटा कुखुराले अण्डा नपारीकनै सिधै चल्ला जन्माएको छ । ओडिसाको नुआपाडा जिल्लामा एक कुखुराले बच्चा जन्माएपछि मानिसहरु अचम्ममा परेका छन् । […]

कुखुराको अण्डाले दिएको सुख : विदेशिनु परेन, राज्यसँग गुनासो छैन

३० वैशाख, काठमाडौं । लकडाउन लागेको डेढ महिना नाघिसक्यो । थाहा छैन, कहिलेसम्म लम्बिन्छ। जहिलेसम्म लम्बियोस्, ललितपुरको गोदावरीमा बस्ने गजेन्द्र नेम्वाङ र श्रीमती सविता नेम्वाङलाई लकडाउनले खासै अत्याएको छैन । उनीहरू निरन्तर काममै व्यस्त छन्। गोदावरीमा विगत १० वर्षदेखि कुखुरापालन गर्दै आएका उनीहरूको व्यस्तता लकडाउनले कम गराउन सकेको छैन । कुखुरा पाल्नका लागि उनीहरूले ७ […]

चिच्याएर बासेको आरोपमा कुखुराको भालेलाई गाउँ निकाला

दण्ड स्वरुप मान्छेहरु गाउँ निकाला वा देश निकाला भएका समाचार त सुनिएकै थियो । तर यो दुनियाँमा कुखुराको भालेसमेत गाउँ निकाला हुँदो रहेछ । भालेलाई गाउँ निकाला गर्नुको कारण पनि अचम्मकै छ । वास्तवमा ठूलो आवाजमा कुखुरी काँ…गरेर बासेको अभियोगमा उक्त भाले गाउँ निकालामा परेको हो । आखिर कुखुराको भालेको कामै बास्ने त हो । […]

गोरखामा रेडक्रसद्वारा कुखुरा वितरणमा अनियमितता

२९ फागुन, गोरखा । नेपाल रेडक्रस सोसाइटीले गोरखाका भूकम्प पीडित तथा विपन्न घरधुरीलाई वितरण गरेको कुखुरामा रकम अनियमितता गरेको खुलासा भएको छ । भूकम्प पूर्नलाभ परियोजनाको जीविकोपार्जन कार्यक्रम अन्तरगत साविकको बक्राङ र गाँखु गाविसमा कुखुरा वितरण गरिएको थियो । बक्राङको १३ र गाँखुको ६ घरधुरीलाईप्रति घरधुरी २५ वटा कुखुरा वितरण गरिएको हो । तर, महँगो […]

जब कुखुराले बजायो पियानो (भिडियो)

तपाईंले आजसम्म पियानो बजाउने धेरै मानिसहरु देख्नुभएकाे होला । तर के कहिल्यै कुखुराले पियानो बजाएको देख्नु तथा सुन्नुभएको छ ? सायद छैन । तर हालै अमेरिकाको एक रियालिटी शो मा कुखुराले पियानो बजाउँदा सबै तिनछक परे । रियालिटी शो अमेरिका गट ट्यालेन्टमा यस्तो भयो कि त्यो देख्दा निर्णायक मण्डल र सबै दर्शक अचम्ममा परे । […]

मरेका कुखुराको मासु उपभोक्ताको भान्सामा

१५ साउन, काठमाडौं । उपत्यकाबासीले बढी रकम अखर्च गरेर पनि गुणस्तरहीन मासु उपभोग गरेर जोखिम मोल्दै आएका छन् । व्यवसायी र मासु पसल सञ्चालकले मरेका कुखुराको मासु उपभोक्तलाई बिक्री गर्ने गरेको रहस्य खुलेको छ । त्यसैले उपभोक्तले कुखुराको मासु उपभोग गर्नुअघि एकपटक सोच्नैपर्ने बेला आएको आजको अन्नपूर्णले जनाएको छ । पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले राजधानी […]

कुखुराले भगाउँछन् लामखुट्टे, पत्ता लाग्यो मलेरियाबाट बच्ने नयाँ उपाय

मलेरियाजस्तो डरलाग्दो रोग भगाउन कुखुरा उपयोगी हुनसक्छ भन्ने सुन्दा तपाइँलाई पत्यार नलाग्नसक्छ । तर, इथियोपिया र स्वीडेनका बैज्ञानिकले गरेको अध्ययनले निकालेको नयाँ निश्कर्ष हो- कुखुराको गन्धले तपाईंलाई मलेरियाबाट बचाउन सक्छ ।’ अनुसन्धानअनुसार मलेरिया फैलाउने प्रजातिको लामखुट्टे कुखुरा वा अर्को पंक्षीसँग टाढा भाग्छ । पश्चिमी इथियोपियामा गरिएको अनुसन्धानमा झुलभित्र सुतिरहेका एक मानिससँगै बाहिर पिंजडामा एक कुखुरा राखिएको […]

कुखुराको गन्धले मलेरियाबाट बचाउने

कुखुराको गन्धले तपाइँ हामीलाई औलोरोगबाट बचाउन सक्छ । इथिओपिया तथा स्विडेनका वैज्ञानिकहरुले गरेको अध्ययन अनुसार मलेरिया फैलाउने लामखुट्टेहरु कुखुरा तथा अन्य चराचुरुंगीहरुबाट टाढा भाग्दछन् । पश्चिमी इथियोपियामा गरिएको अध्ययनमा शोधकर्ताहरुले झुलभित्र सुतेको मानिसको नजिकै झुल बाहिर एक पिँजडामा कुखुरा राखिदिए । त्यसरी कुखुरा नजिक राखिदिएपछि झुलको बाहिर लामखुट्टेहरु खासै झुम्मिएनन् जति अघि पछि झुम्मिन्थे । […]

फेला पर्यो चारखुट्टे कुखुरा

चरा चुरुंगीका दुइ खुट्टा हुन्छन् । तर भारतमा भने एउटा चारखुट्टे कुखुरा भेटिएको छ । उत्तर प्रदेशको हापुडस्थित कुखुराको मासु पाइने एउटा पसल आजकल निकै चर्चामा छ । यो मामुली पसलले यति धेरै चर्चा पाउनुको एक मात्र कारण हो दिल्ली मण्डीबाट त्यहाँ ल्याइएको एउटा चारखुट्टे कुखुरा । दुनियामै कहीँ नभएको चार खुट्टे कुखुरा फेला परेपछि […]

चितवनको ७२ प्रतिशत पोल्ट्री फर्महरू नाफामा

५ असार, चितवन । चितवनमा सञ्चालित पोल्ट्री फर्ममध्ये ७२ प्रतिशत र्फमहरु नाफामा देखिएका छन् । अहिले चितवनमा १ हजार ९२३ र्फमहरु सञ्चालनमा रहेका छन् । चितवन पोल्ट्री व्यवसायको राजधानीका रुपमा समेत परिचित छ । यहाँका पोल्ट्री किसानअहरु व्यवसायिक रुपमा अब्बल बनेका कारण फर्महरु नाफामा देखिएको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । विभागले चितवनमा पहिलो पटक आर्थिक […]