+
+
Shares

भारतमा कुखुराले निलो अण्डा पारेपछि…

यसको खास कारण छ । किनभने त्यो कुखुरा असामान्य छ । सो कुखुराले यसअघि आफ्नो मालिकलाई तिनछक पारिदिएको थियो, जब उसले एउटा निलो रङको अण्डा पारेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १४:१९

काठमाडौं। जसरी कुनै घरमा परिवारजनलाई बच्चाको जन्मको व्यग्र प्रतीक्षा हुन्छ, त्यसैगरी भारतको कर्नाटकस्थित एक गाउँमा पशु चिकित्सकहरुको टिमले एउटा कुखुराले अण्डा दिने दिन कुरिरहेका छन् ।

यो कुरा सुन्दैमा अचम्म लाग्नसक्छ। आखिर एउटा मामुली कुखुराले अण्डा पार्ने कुरा पशु चिकित्सकलाई यतिधेरै चासोको विषय किन बन्यो होला ?

यसको खास कारण छ । किनभने त्यो कुखुरा असामान्य छ । सो कुखुराले यसअघि आफ्नो मालिकलाई तिनछक पारिदिएको थियो, जब उसले एउटा निलो रङको अण्डा पारेको थियो ।

कर्नाटकको दावणगेरे जिल्लास्थित चन्नागिरीमा पर्ने नेल्लोर गाउँका बासिन्दा सैयद नूरले आफ्नो घरमा पालेको कुखुराले यस्तो विचित्रको अण्डा पार्‍यो।

निर्माण क्षेत्रमा काम गर्ने सैयद नूरले भनेका छन् : दुई वर्षअघि एउटा सानो चल्लाको रुपमा मैले त्यो कुखुरा किनेको थिएँ । शनिवार यसले एउटा सेतो अण्डा पार्यो, जसरी उसले पछिल्लो दुईवर्षदेखि लगातार पारिरहेको छ । तर सोमबार भने यसले आश्चर्यजनक रुपमा निलो अण्डा पार्‍यो ।

के कुनै नश्लको पक्षीले निलो अण्डा पार्छ ?

साधारण एसियाली नश्लको कुखुराले लगातार १० दिनसम्म अण्डा पार्दछ र त्यसपछि करीब १५ दिनसम्म अण्डा पार्दैन । तर आफूले पालेको कुखुराले चाहीँ पछिल्लो दुईवर्ष देखि हरेक दिन अण्डा पारिरहेको नूरको दाबी छ ।

अझ त्यो कुखुराले सोमबार निलो अण्डा पारेको दाबी उनले गरेपछि सो कुखुरा सबैको उत्सुकताको केन्द्र बन्यो ।

उक्त असामान्य रङको अण्डाको बारेमा हल्ला चलेसँगै नूरको घरमा मानिसहरुको भिड लाग्यो ।

तर कर्नाटक पशु चिकितसा, जनावर तथा मत्स्य विश्वविद्यालयका कुखुरामापलन विज्ञानका पूर्व प्राध्यापक रहेका मोहम्मद नदीम फिरोजका अुनसार कुखुराले निलो अण्डा पार्यो भन्ने कुरामा विश्वास गर्न गाह्रो छ ।

कुखुराले निलो अण्डा दिएको भन्ने दाबीलाई विश्वास नगर्नुको मूख्य कारण यो छ कि उक्त अण्डाको रङ न त सामान्य सेतो छ, न त खैरो । अनि कडकनाथ कुखुराको जस्तो कालो पनि छैन । आम रुपमा कुखुराले पार्ने अण्डाको रङ यिनी तीनवटा हुने गरेको छ ।

प्राध्यापक नदीमका अनुसार आम रुपमा कुखुराका चारवटा नश्ल हुन्छन् जसमा एसियाली नस्ल, बेलायती नस्ल, मध्यपूर्वी नस्ल र अमेरिकी नस्ल ।

विज्ञका अनुसार सुगाजस्ता करीब १०/१५ प्रकारका पक्षीले मात्रै निलो रङका अण्डा पार्दछन् ।

त्यसैले भारतमा एउटा कुखुराले निलो अण्डा पारेको भनिएको घटना निकै दुर्लभ र असामान्य हो ।

डाक्टरले गर्दैछन् जाँच

विज्ञका अनुसार जुन कुखुराले निलो अण्डा दिएको भनिएको छ त्यो नश्लको कुखुराले सामान्यरुपमा वर्षमा १०० देखि १२६ वटासम्म अण्डा दिने गर्दछ । यो कुखुराले लगातार १० दिनसम्म दिनहुँ एउटा अण्डा दिन्छ र १५ दिनसम्म अण्डा दिन रोक्नदछ । त्यसपछि १५ दिनसम्म लगातार दैनिक अण्डा दिन्छ।

द्यावणगेरे जिल्लाको पशुपालन तथा पशु चिकित्सा विज्ञान विभागका सहायक निर्देशक डाक्टर अशोक कुमार जिबी भन्छन्, ‘हामीले त्यो कुखुराको निगरानी गरिरहेका छौँ र विभागका अधिकारीहरुले त्यसको आधारमा एक रिपोर्ट बनाएर पठाउनेछन् । सरीरमा रहेको कलेजोबाट एक पित्त रङ उत्सर्जन हुन्छ, जसलाई बिलीभर्डिन भनिन्छ । हुनसक्छ कि त्यो रसायन उच्च मात्रामा निस्किएर अण्डाको खोलमा गई जम्मा हुनाले अण्डाको रङ निलो भएको हुनसक्छ ।

त्थापि त्यसको पुष्टिका लागि पटक पटक परीक्षण गर्नु आवश्यक पर्ने र आफूहरुकै अगाडि कुखुराले त्यस्तो निलो अण्डा पार्नुपर्ने पनि उनी बताउँछन् । तबमात्र उक्त अण्डाको खोल र कुखुराको रगतको परीक्षणका लागि पठाउन सकिनेछ । आखिर अण्डाको खोलको रङ किन र कसरी निलो भयो भन्ने कुरा पत्ता लगाउनैपर्नेछ ।

त्यसैले सो कुखुराले किन निलो रङको अण्डा पारेको हो ? भन्ने कुरा पत्ता नलागुन्जेलसम्म त्यसले पारेको भनिएको निलो अण्डालाई फ्रिजमा राखिएको छ । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?